नेपालको लागि हिताचीहोम अपलायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकमले थप चारवटा विशेष होम अपलायन्सका उत्पादनहरू बजारमा ल्याएको छ।
कम्पनीले दुई ओटा भिन्न मोडलका वासिङ मेसिन, अत्याधुनिक रेफ्रिजेरेसन र राइस कुकर बजारमा ल्याएको छ। कम्पनीका अनुसार ८ केजी र ९ केजी क्षमताका वासिङ मेसिन रहेका छन्। यी दुवै मोडेलहरूमा पूर्ण स्वचालित र फ्रन्ट–लोड गर्न मिल्ने सुविधा भएकाले लुगा धुने झन्झटबाट मुक्त भएको अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ।
यस्तै २७५ लिटर क्षमता भएको रेफ्रिजरेटरमा चिसो हावा वितरणको लागि राउण्ड एयर कुलिङ तथा गन्ध र ब्याक्टेरियाबाट छुटकारा पाउन ट्रिपल पावर फिल्टर जडान समेतको विषेशता रहेको कम्पनीले उल्लेख गरेको छ। साथै १.८ लिटरको राइस कुकर (८००–वाट) मा थ्रि डी हिटिङ एलेमेन्टलगायतका विशेषता भएको कम्पनीले जनाएको छ।
हिताचीका एक्सपोर्ट सेल्स हेड एल्भिनथाम, युनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीद्वारा ती सामानको अनावरण गरिएको थियो। कम्पनीले नवप्रवर्तन र ग्राहकको खुशीको लागि आफ्नो प्रतिबद्धता जनाउँदै, नवीन प्रविधियुक्त उत्पादनहरू बजारमा भित्र्याएको जनाएको छ।
प्रकाशित: ११ श्रावण २०८० ०१:२६ बिहीबार