coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

युवा पुस्तामा लोकप्रिय बन्दै ‘स्कुटर’

पोखराकी अलिना लामिछाने गुरुङ यामाहाको ‘फेस अफ फेसिनो’ भोटिङ कन्टेस्टका विजेता भएपछि उनले स्कुटर ने उपहार पाइन् । यामाहाले दिएको सो स्कुटर उनको पहिलो साधन मात्र नभएर कम्फरटेवल र स्टाइलिसका भएका कारण खोजे जस्तै भरपर्दो साधन भएको छ ।
यस्तै, एमएडब्लु इन्टरप्राइजेजले मिस नेपाल वल्र्ड २०१७ निकिता चन्दक र फेस अफ फेसिनो नीति शाहलाई फेसिनो स्कुटर उपहार स्वरूप प्रदान गर्नेछ । यसले पनि फेसिनो रेट्रो स्टाइल लुक्स भएको प्रिमियम स्कुटरले आफूलाई ‘सुपर मोडेल स्कुटर’का रूपमा स्थापित गर्न सफल भएको छ ।
नेपाली बजारमा अन्य सवारी साधन जस्तै विभिन्न ब्रान्डको स्कुटरले चर्चा पाउँदै आएको छ । अन्य सवारीभन्दा सजिलो, सरल र आकर्षक भएका कारण पनि  स्कुटरको माग बढ्दै गएको हो ।
युवा पुस्तालाई लक्ष्ति गरी बनाएको स्कुटर अहिले सबैंका लागि सजिलो दुई प्राङ्ग्रे साझा सवारी भएको छ ।
नेपाल हुने विभिन्न राष्ट्रिय तथा क्षेत्रीय फेसनेवल कार्यक्रममा समेत यामाहा र होन्डाका स्कुटर इभेन्ट प्रायोजकका रूपमा रहेको पाइन्छ ।  यसले युवा वर्गलाई स्कुटरप्रतिको मोह बढाएको छ।
विशेषगरी फेसनवेल र बिभिन्न उपाधि र मिस मिसेस उपाधिमा अनिवार्य रूपमा स्कुटर उपहार राखेका हुन्छन् । यसरी स्कुटर राख्नाले पनि प्रतियोगिहरू स्कुटरप्रतिको मोहले आफ्नो प्रतिभालाई निखारने प्रयासमा हुन्छन् । स्कुटर नै धेरेको पहिलो उपहार समेत हुने गरेको छ । उपहारले विजेताको उचाईलाई मात्रै नभएर उनको जीवनशैलीलाई समेत सरल बनाउने गरेको छ  । यस्तै, विभिन्न सन्दर्भ र समयमा आफन्तलाई स्कुटर समेत किनेर उपहार दिने चलन छ।
अन्य सवारी साधन चलाउनुभन्दा स्कुटर सस्तो, सजिलो र गन्तव्यमा छिटो पुग्न सकिने भएकाले स्कुटर पहिलो रोजाइ भएको अन्तर्राष्ट्रिय कराँते खेलाडी सुस्मिता तामाङ बताउँछिन् । ‘विशेषगरी लेडिजका लागि स्कुटर सबैभन्दा वेस्ट साधन हो । ‘स्कुटरमा हिंड्दा लेडिजलाई कम्फरटेवल पनि हुन्छ । आफूले रुचाए अनुसारको कलर र आर्थिक पहँचका आधारमा किन्न सकिन्छ,’ उनले भने ।
मिस नेपाल प्रतियोगितामा पहिलो आकर्षक उपहार समेत स्कुटर राखेका हुन्छन् । नेपाली बजारमा विशेषगरी व्युटिसियन, सेलिब्रेटी, नायिका, गायिकादेखि बिभिन्न कार्यालयका महिला कर्मचारीले स्कुटर नै रोज्ने गरेका छन् ।   
कलाक्षेत्रमा लागेका गायिकाहरूले अनिवार्य रूपमा आफूले रुचाइएका स्कुटर लिने गरेका छन् । यस्तै, चिकित्सा क्षेत्रमा कार्यरत महिला चिकित्सकले समेत गन्तव्यमा छिटो छरितो ढंगले पुग्न स्कुटर नै पहिलो रोजाइमा राख्ने गरेका छन् । पछिल्लो समय शहरहुँदै गाउँसम्म शिक्षिकादेखि फाइनान्सका कर्मचारीले समेत सजिलो साधनका रूपमा स्कुटर प्रयोग गर्ने गरेको पाइन्छ ।
यामाहाका कर्पोरेट मिडिया अफिसर रमेश दनेखुले यामाहाको फेसिनो स्कुटर प्याटेन्टेड ब्लु कोर टेक्नोलोजी भएको एक सय १३ सीसीको एअर कुल्ड इन्जिन जडान गरिएका कारण युवा पुस्ताले रुचाएको बताए । ‘स्कुटरमा प्रविधिले फेसिनोलाई लुक्समा मात्र होइन पर्फमेन्समा समेत उत्कृष्ट बनाएको छ,’ उनले भने ।
 उनका अनुसार यामाहको स्कुटर तीन वटा मोडल रहेका छन् । रेजि मोडलका युवा पुस्तालाई लक्ष्यित गरेर बजारमा ल्याएको हो । फेसिनो स्कुटर विशेष गरी मोडलीङ गर्ने नायिका तथा मोडलका लागि पहिलो प्राथमिकतामा पर्ने गरेको मिडिया अफिसर दनेखुले जानकारी दिए । यस्तै रेजेट आरको स्कुटर भने  केटाहरू लक्षित रहेको छ ।
विशेषगरी स्टाइलिस लुक्स, फरक फरक कलर भएका कारण पनि यामाहा स्कुटरको नेपाली बजारमा माग बढिरहेको छ । यामाहा स्कुटरले  पछिल्लो समय आफ्नो बजारलाई आक्रामक बनाउँदै लगेको छ ।
नेपाली बजारमा होन्डा ब्राण्डका स्कुटरको पनि प्रभाव राम्रो छ । होन्डाको स्कुटर दैनिक जीवनमा प्रयोग गर्ने पनि धेरै छन् । होण्डाका स्कुटर  आकर्षक हुनुका साथे मूल्यका हिसाबले पनि धेरैको पहुँचमा छन् । युवा पुस्तामाझ लोकप्रिय रहेको होन्डा कम्पनीका स्कुटर विद्यार्थी, युवा पुस्ताले विशेष सोखका रूपमा किन्ने गरेको पाइन्छ ।

 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App