९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

सानिमा बैंकले गर्‍यो दराजसँग सहकार्य

सानिमा बैंकले ‘दराज महाबचत अभियान’अन्तर्गत दराजसँग सहकार्य गरेको छ। महाबचत अभियान अन्तर्गत दराजले ग्राहकलाई छुट प्रदान गर्नेछ। क्याम्पेन अवधिमा ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड मार्फत प्रिपेमेन्ट गर्दा दराज प्लेटफर्ममा विभिन्न छुटहरू प्राप्त गर्नेछन्।

 बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म छुट पाउनेछ। दराज एपमा भौचर सङ्कलन गरेर छुट प्राप्त हुनेछ। अभियानअन्तर्गतको छुट पाउन डेबिट, क्रेडिट कार्ड प्रयोगकर्ताले आफ्नो खरिदलाई समान मासिक किस्तामा रूपान्तरण गर्न सक्छन्।

ग्राहकले छुट प्राप्त गर्न डिजिटल भुक्तानी गर्नुपर्नेछ। अभियान यही साउन २० देखि चल्ने बैंकले जनाएको छ।

प्रकाशित: ४ श्रावण २०८० ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App