coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सय र ५०० का स्विडिस क्रोनरमा प्रतिबन्ध

काठमाडौं- नेपाल राष्ट्र बैंकले सय र पाँच सयका स्विडिस क्रोनर चलनचल्तीम रोक लगाएको छ। केन्द्रीय बैंकले सोमबार परिपत्र जारी गर्दै सर्वसाधारणसँग भएको उक्त दरका नोट आइतबारसम्म मात्र सटही गरिदिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

उक्त अवधिभित्र नसाटिए उक्त दरका नोट केन्द्रीय बैंकले साट्ने छैन। 'स्विडेनको केन्द्रीय बैंकले २०१६ अक्टोबर ३ भन्दा अघि जारी गरेको २००१ सिरिजको स्विडिस क्रोनर सय र पाँच सय दरका नोट चलनचल्तीबाट हटाउने जानकारी गराएकोले आफूसँग भएका त्यस्ता नोटहरु जेठ २८ गतेभित्र यस बैंकको बैंकिङ कार्यालय थापाथलीबाट सटही गरिसक्नुहुन विदेशी विनियम नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको यो अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ,' राष्ट्र बैंकद्वारा जारी निर्देशनमा उल्लेख छ, 'सो मितिपछि उक्त बैंक नोट यस बैंकले स्वीकार नगर्ने बेहोरा समेत यसै परिपत्रबाट सूचित गरिन्छ।' एक स्विडिस क्रोनर बराबर ११ रुपैयाँ ८८ पैसा हुन्छ।

यसअघि भारतले पाँच सय र हजार दरका नोट चलनचल्तीमा ल्याउन प्रतिबन्ध लगाएको थियो। केन्द्रीय बैंकले पनि भारतले प्रतिबन्ध लगाएसँगै गत कात्तिक २४ गतेबाट प्रतिबन्ध लगाएको थियो।

प्रकाशित: २३ जेष्ठ २०७४ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App