८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

चालु खाता घाटा रु साढे ५४ अर्ब, शोधनान्तर बचतमा

फाइल तस्बिर

चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा सरकारको चालु खाता घाटामा देखिएको छ भने शोधनान्तर स्थिति बचतमा छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रू ५४ अर्ब ६७ करोडले घाटामा  छ। गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता रू ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा  थियो।

बैसाख मसान्तसम्ममा शोधनान्तर स्थिति रू २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा थियो।

समीक्षा अवधिमा सरकारको पुँजीगत ट्रान्सफर २० दशमलव पाँच प्रतिशतले कमी आई रू ६ अर्ब ३६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रू ४ अर्ब ३६ करोड मात्र आएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रू ७ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रू १६ अर्ब ६५ करोड थियो।

गत वैशाख महिनामा नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट ‘एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी’ (इसीएफ) अन्तर्गत दोस्रो किस्ता वापतको रू ६ अर्ब ८८ करोड (अमेरिकी डलर ५ करोड २७ लाख) सहुलियतपूर्ण ऋण लिएको राष्ट्र बैंकको तथ्याङ्कबाट देखिन्छ।

प्रकाशित: २६ जेष्ठ २०८० ०९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App