coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘एनसेल किनबेच प्रकरण अनुसन्धान हुन्छ’

कठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार एनसेलको किनबेचमा पुँजीगत लाभकर उठाउन प्रतिबद्ध रहेको बताएका छन् । टेलिया सोनेराले गतवर्ष आजियाटालाई उक्तकम्पनीबिक्रीगर्दा सरकारले पाउनुपर्ने करिब ४५ अर्ब पुँजीगतलाभकर उठ्न सकेको छैन।
नेपाल टेलिभिजनमा प्रसारण हुने प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा शनिबार बोल्दै प्रधानमन्त्री दाहालले पुँजीगत लाभकर नलिईकन कम्पनीको बेचबिखन अनुमति किन दिइयो भन्नेबारे अनुसन्धानगर्ने समेत बताए।
‘सरकारले कर तिर्नै पर्छ भन्ने निर्णय गरेको छ। कर तिर्न पर्दैन भने जस्तो गर्नु गलतहो,’ उनले भने, ‘कर उठाउने सन्दर्भमाविगतमाकहाँ त्रुटि भयो ? हाम्रो कानुनले बिक्रेताबाट लाभकर उठाउनुपर्ने भन्छ। बिक्रेताबाट कर उठाउन छोडेर उसलाई फुत्कनकसले दियो ?किन फुत्कन दिइयो यसको पनि अनुसन्धान हुनुपर्छ।’
प्रधानमन्त्रीले एनसेल खरिद–बिक्रीमा सरकारले लाभकर उठाएरै छोड्ने दोहोर्याए। ‘यहाँ भित्र विभिन्न खालका चलखेल र खेलहरु देखिएका छन् यस बारे पनि सरकारले गम्भीर रुपमाअध्ययन गर्छ,’ दाहालले भने।
मलेसियन दूरसञ्चार कम्पनी आजियाताले टेलियासोनेराबाट रेनोल्डस् होल्डिङ गतवर्ष अप्रिलमा खरिद गरेको थियो। आजियाटाले टेलिया सोनेराबाट एनसेल १.०३ अर्ब डलरमा किनेको हो । टेलिया सोनेराले सेन्ट किट्स एन्ड नेभिसमादर्ता भएको अफसोर कम्पनी रेनोल्ड होल्डिङ्स मार्फत एनसेलमा लगानी गरेको थियो।
गत वर्ष पुसमा स्विडिस कम्पनी टेलियासोनेरा (हालको टेलिया) ले मलेसियन कम्पनी आजियाटालाई एनसेल बिक्रीगर्दा नेपाल सरकारले पाउनुपर्ने पुँजीगत लाभकर छलेको हो। झन्डै एकखर्ब ४० अर्ब रुपैयाँमा कारोबार भएको नेपालको सबैभन्दा ठूला कर्पोरेट किनबेचमा दुवै कम्पनी विदेशी भएको र अफसोर डिलिङ भएको भन्दै टेलिया सोनेरा पुँजीगत लाभकर नबुझाई नेपालबाट बाहिरिएको थियो। नेपाली कर प्रशासनले टेलिया नेपालबाट बाहिरिएपछि मात्रै कर उठाउने प्रक्रिया सुरु गरेको थियो। अहिले एनसेलको सम्पूर्ण सेयर आजियाटा (८० प्रतिशत) र भावनाश्रेष्ठ (२० प्रतिशत) मा छ।
कानुन अनुसार विदेशी लगानी भएको कुनै पनि कम्पनीमा नेपाली नागरिकको कम्तीमा २० प्रतिशत सेयर हुनुपर्छ । एनसेलको सञ्चालक टेलिया र आजियाटाबीच एकखर्ब ४० अर्ब रुपैयाँमाकम्पनीखरिद–बिक्री भएकोमा उक्त कारोबारमार्फत करिब ४४ अर्ब ९३ करोड रुपैयाँ लाभकर राज्यले पाउनुपर्ने ठहर गरिएको छ।
केही सरकारी अधिकारीसँगको मिलेमतोमा लाभकर नतिरी नेपाल छाडेको टेलियाले जस्तोसुकै संरचनामार्फत लगानी गरेको भएपनि एनसेल नेपालमा रहेको कम्पनी भएकोले नेपालमा उसले लाभकर तिर्नुपर्ने हुन्छ।
 

प्रकाशित: २१ चैत्र २०७३ ०५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App