६ वैशाख २०८१ बिहीबार
अर्थ

बिमा कम्पनीको चुक्ता पुँजी

काठमाडौं– बिमा कम्पनीहरुको चुक्ता पुँजी बढेको छ। बिमा समितिले २०७५ असार मसान्तसम्ममा जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएको छ। यसअघि जीवन बिमा कम्पनीका लागि न्यूनतम ५० करोड र निर्जीवन बिमा कम्पनीको लागि २५ करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था थियो।

यसअघि बिमा समितिले बिमा ऐनका लागि तयार पारेको मस्यौदा अर्थ मन्त्रालयमा पठाएको छ । समितिले तयार पारेको मस्यौदामा जीवन बिमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवनको चार अर्ब पु¥याउने प्रस्ताव गरेको थियो । समितिले मस्यौदामा उल्लेख गरेको चुक्ता पुँजी अत्यधिक बढी भएकाले बीचको बाटो अपनाइएको छ ।

बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजी बढाउने प्रस्तावसहितको मस्यौदा मन्त्रिपरिषदमा लगेको थियो। तर पारित नभएर त्यसै थन्किएको छ ।

यसभन्दा अघि पनि समितिले जीवन बिमाको दुई अर्ब र निर्जीवनको एक अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउने तयारी गरेको थियो । पछिले पनि चुक्ता पुँजी बढने हल्लासँगै बिमा कम्पनीको सेयर मूल्य बढेको थियो । अहिले पनि बिमा समितिले पुनः बिमा कम्पनीको चुक्ता पुँजी बढाउने सुइँको लगानीकर्ताले पाएपछि सेयर बजारमा बिमा कम्पनीको मूल्य बढेको थियो ।

बिमा कम्पनीले हकप्रद र बोनस सेयर दिएर चुक्ता पुँजी बढाउने चर्चा चलेपछि ती कम्पनीको सेयर मूल्य उच्च रुपमा बढेको विश्लेषक बताउँछन् । अहिले ९ जीवन र १५ निर्जीवन बिमा कम्पनी छन् ।

प्रकाशित: २० चैत्र २०७३ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App