coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भुक्तानी नपाए पछि ठेकेदारद्वारा वीरगन्ज–पथलैया ६ लेन सडक निर्माण रोक्ने चेतावनी

बारा- वीरगन्ज –पथलैया सडक खण्डमा हुने सवारी चापलाई कम गर्ने उदेश्यले निर्माण गर्न लागिएको वीरगन्ज–पथलैया ६ लेनको ब्यपारिक मार्गको निर्माण कार्य रोक्ने निर्माण व्यवसायीले लिखित चेतावनी दिएका छन्।

ब्यापारीक मार्गको निर्माण गर्न  जिम्मा पाएका निर्माण कम्पनीहरुले भुक्तानी नपाएको भन्दै सोमबार व्यपारिक मार्ग योजना कार्यालय पथलैयालाई काम नगर्ने लिखित जानकारी दिएका छन्।

बाराको पथलैयादेखि पर्साको सुख्खा बन्दरगाह रहेको सिर्सियासम्म २६ किलो मिटर ६ लेनको व्यापारिक मार्ग निर्माण गर्न बिभिन्न छ वटा निर्माण कम्पनीहरुले तीन अर्ब १२ करोड ४१ लाखको ठेक्का स्विकार गरी निर्माण कार्य शुरु गरेका थिए।

आर्थिक वर्ष २०७२/७३ असार ३१ गते दुई वर्ष भित्र वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्गको रुपमा निर्माण गर्न एमआर कन्टेक जेभी, शर्मा युनिटेक बिल्डर्स, दिवा निर्माण सेवा जेभी , एम आर पप्पु कन्टेक जेभी वीरगन्ज, श्रेष्ठ बिरुवा एपेक्स जेभी हेटौंडा र पाप्पु लुम्बनी जेभी वीरगन्जले ठेक्का स्विकार गरी निर्माण कार्य शुरु गरेको योजना कार्यालय पथलैयाले जनाएको छ।

सम्झौता अनुसार तोकिएकै समयमा व्यपारीक मार्गको निर्माण कार्य पुरा गर्नको लागि सडकको निर्माण कार्यलाई तिब्रता दिए पनि प्राबिधिकले गरेको मूल्याँकनको भुक्तानी नपाएकोले गर्दा कामलाई रोकिने अवस्थामा पुगेको एमआर कन्टेक जेभीका प्रतिनिधि राजाराम कार्कीले बताए।

‘अहिलेसम्म आफु्ले ठेक्का लिएको व्यापारीक मार्गमा गरेको कामको आयोजनाका प्राबिधिकले मूल्याँकन गर्दा २० करोडको भुक्तानी पाउनु पर्ने हो,’ ठेकेदार कर्कीले भने, ‘२० करोड पाउनु पर्नेमा आयोजना कार्यालयले चार करोड मात्रै भुक्तानी दिएको छ।’

पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथलैयादेखि दक्षिण त्रिभुवन राजपथको परवानीपुरसम्म लगभग १६ किलो मिटरको एउटा खण्ड र परवानीपुरदेखि सिर्सियाको सुख्खा बन्दरगाहसम्म लगभग १० किलो मिटरसम्मको अर्को खण्ड गरी दुई खण्डमा सडकको निर्माण कार्य शुरु गरीएको थियो।

व्यपारीक मार्ग योजनाका प्रमुख रविन्द्रलाल दासले ठेकेदारहरुले गरेको कामको भुक्तानी दिन नसकिएको स्विकारेका छन्।

दासले माथिबाट नै १५ प्रतिशत काम भएको अवस्थामा चार प्रतिशत कामको भुक्तानी दिन रकम आएकोले ठेकेदारहरुको धेरै रकम भुक्तानी दिन बाँकी रहेको उनले बताए।

सडक बिभागसँग निर्माण व्यवसायीहरुको बक्यौता रकम निकास गरी दिनको लागि भन्दा बिभागले अर्थ मान्त्रालयले थप निकासमा रोक लगाएको रकम दिनमा ढिलाई भएको जवाफहरु आउने गरेको दासले बताए।

 

 

प्रकाशित: १५ चैत्र २०७३ ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App