६ वैशाख २०८१ बिहीबार
अर्थ

एनटिसी नेटवर्कमा १२०० एमबी डाटा ९० रुपैयाँमा

काठमाडौं—नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा अफर ल्याएको छ । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन्।

नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने छ। अफर करसहित भएको टेलिकमले जनाएको छ।

टेलिकमले फेसबुक प्याकेज अन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराउनेछ।
त्यसैगरी डे एण्ड नाइट डाटा प्याकेज अन्तर्गत १०० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजे सम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने छ।

नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने छ। अफर करसहित भएको टेलिकमले जनाएको छ।

२०७३ फागुन २५ गतेदेखि तीन महिनासम्म यो अफर रहने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ फाल्गुन २०७३ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App