७ वैशाख २०८१ शुक्रबार
अर्थ

गाम्का र बायोमेट्रिक स्वास्थ्य परीक्षण खारेज गर्न ७ दिने अल्टिमेटम

काठमाडौं– वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी संघर्ष समितिले सात दिनभित्र गाम्का नेपाल र बायोमेट्रिक प्राणालीले गर्ने स्वास्थ्य परीक्षण प्रक्रिया खारेज नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । एक साताभित्र गाम्का नेपाल र बायोमेट्रिकले गरिरहेको स्वास्थ्य परीक्षण खारेज नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको हो।

संघर्ष समितिका संयोजक सीताराम रेग्मीले नेपाल सरकारले आधुनिक प्रविधिको नाममा बायोमेट्रिक प्राणाली र गाम्का नेपालले सिण्डिकेट प्राणाली लगाएर २ हजार ९ सय रुपैयाँमा गरिने स्वास्थ्य परीक्षण आजभोलि १४ हजार लिने गरेको आरोप लगाउँदै यस कार्यले सोझै कामदारलाई ठग्ने काम भइरहेको रिपोर्टर्स क्लबमा बताए।  

‘बायोमेट्रिक प्रणाली स्वास्थ्यसँग सम्बन्ध राख्दैन् तर यसलाई श्रममन्त्रालय र श्रम सचिवले कानुन विपरीत लागु गरेका छन्,’ संयोजक रेग्मीले भने, ‘यो वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी र सम्बन्धित परिवारको भोको पेटमा लात हान्ने काम हो। अब हाम्रा मागहरू पूरा नगर्ने र हाउगुजीको नाटक देखाएर नियम मिच्नेलाई हामी पनि छोड्दैनौं।’

संयोजक रेग्मीले वैदेशिक रोजगारको विषयमा सरकारले फ्रि–भिषा र फ्रि–टिकटको बकम्फुसे नारा लगाइरहेको आरोप लगाए।
‘सरकारले फ्रि–टिकट र फ्रि–भिषाको नाम दिइरहेको छ, तर व्यवसायीहरूले १ लाखदेखि ४ लाखसम्म लुटिरहेका छन्।’

नेपाल मेडिकल महासंघका महासचिव जीवन बयलकोटीले बायोमेट्रिक प्राणाली र गाम्का नेपालले सरकारको आँखामा छोरो हालेर सोझो ठगी धन्दा गरिरहेको आरोप लगाए ।

‘बायोमेट्रिक प्राणाली र गाम्का नेपालले सिण्डिकेट खडा गरेका छन्,’ उनले भने, ‘आज श्रम मन्त्रालयले स्वाथ्य क्लिनिकको परीक्षण गर्ने नाममा भष्ट्राचार गरिरहेको छ ।’

 

प्रकाशित: ३ फाल्गुन २०७३ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App