नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूका लागि २ रात ३ दिनको ‘क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम’ सम्पन्न गरेको छ। कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि अभिकर्ता मासिक योजना अन्तर्गतको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई सौराहा भ्रमण र क्रुजको यात्रा गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
उक्त अवसरमा उपस्थित अभिकर्ताहरूलाई जीवन बिमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले उत्प्रेरणा तथा व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ताहरूको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधैं अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन र उनीहरूको वृत्ति विकासलाई सधैं प्राथमिकतामा राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन्।
प्रकाशित: २२ वैशाख २०८० ०३:३२ शुक्रबार