१६ चैत्र २०८० शुक्रबार
अर्थ

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदै

काठमाडौं- महिलाले उत्पादन गरेका वस्तुको बजार प्रवर्द्धन गर्न  दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको छ। महिला उद्यमी महासंघ नेपालले फागुन ३ गतेदेखि पाँचदिने मेला आयोजना गर्न लागेको शुक्रबार राजधानीमा पत्रकार भेटघाट गरी जानकारी गराएको हो।

मेलामा स्वदेशीसहित विदेशी महिला उद्यमीका एक सयभन्दा बढी स्टल राखिने महासंघकी महासचिव शोभा ज्ञवालीले बताइन्। 'स्वदेशी उत्पादनको आन्तरिक बजार र निर्यात प्रवर्द्धन गर्न मेला आयोजना गरिएको हो,' महासचिव ज्ञवालीले भनिन्, 'यसले महिलालाई अघि बढ्न प्रोत्साहन गर्नेछ।'

मेलामा मुलुकका विभिन्न जिल्लासहित भारत, अफगानिस्तान, बंगलादेश, फिलिपिन्स, दक्षिण कोरियालगायत देशका महिला उद्यमीका उत्पादन राखिनेछ।

आयोजकका अनुसार मेलामा मुलुकका विभिन्न जिल्लासहित भारत, अफगानिस्तान, बंगलादेश, फिलिपिन्स, दक्षिण कोरियालगायत देशका महिला उद्यमीका उत्पादन राखिनेछ।

 मेलामा हस्तकला, पहिरन, कृषि उत्पादन, आइटी, शैक्षिक सामग्रीको बजार प्रवर्द्धन र प्रचारप्रसार हुनेछ। अर्गानिक उत्पादन, बिजुली बत्तीका सामान, खानेकुराका परिकार, गरगहना, सजावटका सामान मेलामा बिक्री गर्ने योजना छ।

मेलाबाट महिला उद्यमीको श्रम, सीप र लगानी पहिचान गर्न, महिला उद्यमी, व्यापारी, निर्यातकर्ता र विदेशी आयातकर्ताबीच व्यावसायिक सम्बन्ध विकास गर्न, न्यूनतम खर्चमा अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी हुन, व्यावसायिक सञ्जाल बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), आइएलको जापान, सिइसिआईलगायतका निकायको सहकार्यमा आयोजना हुने मेला करिब एक लाखले अवलोकन गर्ने र पाँच करोड रुपैयाँको व्यापार हुने आयोजकको अपेक्षा छ। मेलामा सार्कसहित युरोपेली मुलुकका करिब ५० आयातकर्ता आउने जनाइएको छ।

पत्रकार भेटघाट कार्यक्रममा महासंघकी प्रथम उपाध्यक्ष शारदा रिजालले मेलामा विदेशबाट बजारविज्ञ ल्याएर परामर्श दिने बताइन्। 'फिनल्यान्डबाट मार्केटिङ एक्स्पर्ट बेलाएका छौं,' रिजालले भनिन्, 'स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने योजना हो।' द्वितीय उपाध्यक्ष रीता सिन्हाले स्वदेशी उत्पादन प्रयोगमा प्रोत्साहन गर्नुपर्ने बताइन्। त्यसैगरी तृतीय उपाध्यक्ष निरु रायमाझी खत्री र कोषाध्यक्ष हजुरी बिष्टले कृषिसहित हेन्डिक्राफ्टका सामग्री उत्पादनमा प्रोत्साहन गरेको बताए।

महासंघले आगामी दिनमा महिलाको उद्यमशीलता विकासका लागि देशभर विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। कार्यक्रममा महिला उद्यमीले राज्यका तर्फबाट पाउनुपर्ने अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए।

प्रकाशित: २९ माघ २०७३ ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App