८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल बंगलादेश बैंक शाखा खजुरामा

सोमबार खजुरामा नेपाल बङ्लादेश बैकको शाखा उद्घाटन हुँदै। तस्बिरः टेकेन्द्र बस्याल

कोहलपुर– नेपाल बङ्गलादेश बैक लिमिटेडले ४३ औँ शाखा खजुरामा सूरु गरेको छ । सोमबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ र नेपाल बङ्गलादेश बैकका संचालन समिति सदस्य अरुण श्रेष्ठले संयुक्त रुपमा बैक शाखाको उद्घाटन गरे ।  

निजीमा बैकहरु मध्ये क वर्गको बैकको रुपमा नेपाल बङ्गलादेश बैकले खजुरामा पहिलो शाखा विस्तार गरेको छ । यसअघि सरकारी स्वामित्वमा रहेका वाणिज्य बैक र कृषि विकास बैकका शाखा खजुरामा संचालन छन् ।

बैकको ४२ औँ शाखाका रुपमा यसअघि पर्वतको कुश्माबजारमा संचालनमा आएको थियो । बैकका खजुरा शाखा प्रमुख चन्द्रबहादुर श्रेष्ठले बैकमार्फत खजुराका व्यापारी, कृषक, उद्योगी, प्रतिष्ठान र संघसस्थाका समन्वय गरि बैकमार्फत उत्कृष्ट सेवा दिने प्रतिबद्धता जनाए ।  

बैंकले खजुराका सेवाग्राहीका लागि १२ प्रतिशतसम्म ब्याज दिने तयारी गरेको जानकारी दिए । ४३ औँ शाखा रहेको नेपाल बङ्गलादेश बैकको ४० एटिएम शाखा रहेका छन् ।
 

प्रकाशित: २४ माघ २०७३ १०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App