१५ चैत्र २०८० बिहीबार
अर्थ

क्षेत्रीय कार्यालयमा कृषि वैज्ञानिक अभाव

खजुरामा रहेका क्षेत्रीय कृषि कार्यालय ।

कोहलपुर– मध्यपश्चिमका जिल्ला कृषि कार्यालय र कृषकका लागि तालिमदेखि कृषि बालीको अनुसन्धान, प्रयोगशाला, परीक्षण गर्ने जिम्मा पाएका खजुरास्थित क्षेत्रीय कार्यालयहरुमा कृषि वैज्ञानिकर प्राविधिक कर्मचारीको अभाव चुलिएको छ । खजुरामा रहेका सातवटा क्षेत्रीय कृषि अनुसन्धान, प्रयोगशाला, परीक्षण र तालिम केन्द्रमा वर्षौंदेखि दरबन्दी अनुसार कृषि वैज्ञानिक र प्राविधिक कर्मचारी छैनन् ।

लामो समयदेखि कृषि वैज्ञानिक र कर्मचारी दरबन्दी अनुसार नहुँदा कृषि अनुसन्धान र बालीको रोग पहिचानमा प्रत्यक्ष असर पुगेको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरामा स्वीकृत दरबन्दी ७४ रहेकोमा २८ पद रिक्तछ । कृषि अनुसन्धानमा अहिले सातजना वरिष्ठ वैज्ञानिक दरबन्दीमा पाँचजना रिक्त छ । एकजनाको मुख्य वैज्ञानिक दरबन्दी पनि रिक्त छ । यस्तै किरा विशेषज्ञ र बाली रोग विशेषज्ञ पनि छैनन् ।

क्षेत्रीय कृषि अनुसन्धान निर्देशक केशवबाबु कोइरालाले माथिल्ला पदका वरिष्ठ वैज्ञानिक र प्राविधिक दरबन्दी धेरै रिक्त रहेको बताए । यस्तै प्राविधिक कर्मचारी इलेक्टोनिकक्स, प्लम्बर २० रिक्त छ । कृषि वैज्ञानिक रकर्मचारी नहुँदा बालीनालीमा रोग, किराको संक्रमणको समस्यामा अनुसन्धान गर्न र सेवा प्रभाह गर्न गाह्रो भएको उनले बताए । खजुरामा रहेको क्षेत्रीय बीउबिजन प्रयोगशाला तीनजना कृषि विज्ञ र कर्मचारी दरबन्दी रिक्त छ । कार्यालयका वरिष्ठ बीउ विकास अधिकृत र बालीविकास अधिकृत काजमा गएपछि लामो समयदेखि पद रिक्त रहेको क्षेत्रीय बीउबिजन प्रमुख दिलीपकुमार सिंहले बताए । ११ जनाको दरबन्दी स्वीकृत भएकोमा तीनजना कर्मचारी छैनन् । जसमा प्राविधिक सहायकको दरबन्दीरिक्त छ । एक लेखापाल, एक सुब्बा, एक कार्यालय सहयोगी, करारमा चारक र कार्यालय सहायक कार्यरत छन् । एक बीउबिजन प्रमुख, दुई प्राविधिक सहायक र एक प्राविधिक सहायक कार्यरत छन् ।

क्षेत्रीय माटो परीक्षण कार्यालयका माटोविज्ञ प्रमुख परशुराम शर्माका अनुसार दरबन्दी अनुसार एक नासु र दुई कार्यालय सहयोगी पद रिक्त छ ।

यता क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका नासु मानबहदाुर गिरीका अनुसार कार्यालयमा स्वीकृत दरबन्दी ८ छ । एक वरिष्ठ बाली संरक्षण अधिकृत, दुई बाली संरक्षण अधिकृत, एक नासु, एक लेखापाल, दुर्ई कार्यालय सहयोगी दरबन्दीमा प्राविधिक सहायक पद खाली छ । क्षेत्रीय कृषि तालिम केन्द्रका प्रमुख तालिम अधिकृत यमनारायण देवकोटाका अनुसार कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुँदा काम गर्न अप्ठेरो छ ।  स्वीकृत १९ दरबन्दीमा पाँच रिक्त छ । एक कृषि प्रसार अधिकृत, एक नासु र तीन कार्यालय सहयोगी पद रिक्त रहेको उनले बताए ।

खजुराको राष्ट्रिय कोसेबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक संयोजक रामबाबु पनेरुका अनुसार स्वीकृत दरबन्दीअनुसार कर्मचारी नहुँदा अनुसन्धानमा बाधा पुगेको छ । कोसीबाली अनुसन्धानमा २६ दरबन्दीमा १८ जना कार्यरत छन् । आठ दरबन्दी खाली छ । वैज्ञानिक दरबन्दी ६ मा तीनरिक्त छ । प्राविधिक अधिकृत ६ मा दुई दरबन्दी रिक्त छ । तीन प्राविधिक सहायक दरबन्दी खाली छ । कार्यालयका कृषि वैज्ञानिकले अनुसन्धान नेतृत्व गर्ने गरेपनि कोसेबाली अनुसन्धानमा ५० प्रतिशत वैज्ञानिक कमी रहेको उनले बताए। वैज्ञानिक नहुँदा प्राविधिक अधिकृतले अनुसन्धान नेतृत्व गर्ने भएपनि अधिकृत समेत कम हुँदा काम गर्न समस्या भएको उनले बताए । सहयोगी सहायक प्राविधिक कर्मचारी दरबन्दी अधिकांश खाली रहेको उनले प्रतिक्रिया दिए । कुखुरा विकास फर्म खजुरामा पनि ११ दरबन्दीमा चारजना प्राविधिक र कार्यालय सहयोगी छैनन् ।

दरबन्दीअनुसार प्राविधिक नहुँदा क्षेत्रीय कार्यालयका कार्यक्रम सुगम जिल्लामा पुग्ने तर पहाडी र हिमाली जिल्लामा नपुग्ने समस्या  छ ।


 

प्रकाशित: १६ माघ २०७३ ०४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App