coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हिमालय माघ २८ देखि मलेसिया उड्ने, दुईतर्फी भाडादर २५ हजार

काठमाडौं— हिमालय एअरलाइन्स्ले जनवरीभित्र दुई नयाँ गन्तब्यहरुमा उडान सेवा विस्तार गर्ने भएको छ। काठमाडौं केन्द्र बनाएर दोहा र कोलम्बो उडान गर्दै आएको कम्पनीले आफ्नो दोस्रो नयाँ एअरबस ३२०–२१४ बाट मलेसियाको क्वाललाम्पुर तथा म्यानमारको याङ्गुन उडान गर्ने जनाएको हो।

नयाँ विमान आएसँगै एअरलाइन्सले माघ २८ देखि क्वाललाम्पुर, मलेशिया तथा फागुन १३ देखि याङ्गुनका लागि सेवा सञ्चालन गर्नेछ।

नाइन एन– एएलभी नेपाली रजिष्ट्रेसन नम्बर रहेको उक्त नयाँ एअरबस ३२०–२१४ विमानमा १५८ इकोनोमी क्लास सिट क्षमता हुने कम्पनीले जनाएको छ। एअरलाइन्स्ले आफ्नो स्थापनाको दोस्रो वर्षमा नै दोस्रो विमान थप्न लागेको हो। २०१७ साल भित्र थप दुई विमान थप्ने योजना बनाएको छ। आन्नददायी यात्राको अनुभव दिलाउन एअरलाइन्स्ले नयाँ विमानमा आरामदायी सीट, नविनतम भिडियो र सांगीतिक खुराक पस्केर 'इन फ्लाइट इन्टरटेनमेन्ट' दिने दाबी गरेको छ।

नयाँ विमान आएसँगै एअरलाइन्सले माघ २८ देखि क्वाललाम्पुर तथा फागुन १३ देखि याङ्गुनको सेवा सञ्चालन गर्नेछ।

हिमालय हप्ताको पाँच दिन क्वालालम्पुर जानेछ भने हप्ताको दुई  दिन याङ्गुन उडान गर्नेछ। कार्निभल ट्राभल तथा माइ गोल्डेन लायन एभिएसनलाई क्रमशः मलेसिया र म्यानमारका लागि जेनरल सेल्स एजेन्ट (जेएसए) नियुक्त गरेको जनाएको छ। जेएसएहरुले एअरलाइन्सको बजार विस्तार, रिजर्भेसन र टिकटसेवाको प्रतिनिधित्व गर्नेछन्।

हिमालय एयरलाइन्सले काठमाडौं—क्वालालम्पुर—काठमाडौंको लागि शुरुवाती टिकटदर २५ हजार ३७५ रुपैयाँमा तय गरेको छ। मलेसियाबाट टिकट लिँदा दुईतर्फी उडानको ९२८ मलेसियन रिङ्गेट पर्नेछ।

काठमाडौं—याङ्गुन— काठमाडौंको भाडादर २९ हजार ६०० रुपैयाँ तय गरिएको छ। यङ्गुनबाट टिकट लिँदा दुई उडानको ३२० अमेरिकी डलर पर्नेछ। उक्त टिकटदरमा सरकारी कर थप हुने कम्पनीले जनाएको छ।

दोहा र कोलोम्बो उडान गर्दै आएकोमा दुई नयाँ गन्तव्य थपिएसँगै हिमालयको सञ्जाल एशियाली क्षेत्रमा थप विस्तार हुनेछ।

‘हामीे एयरलाइन्सको  दोस्रो नयाँ एअरबस ३२०–२१४ लाई स्वागत गर्न एकदमै उत्साहित छौँ। यसले नेपालको हवाई क्षेत्रको अन्तर्राष्ट्रिय सञ्जाललाई अझ सुदृढ बनाउनेछ’, हिमालय एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले भने, ‘दुई नयाँ गन्तब्य जसलाई हामी शुरु गर्दै छौँ, यसले हाम्रा यात्रुहरुको बड्दो धार्मिक र मनोरञ्नात्मक यात्राको मागलाई सम्बोधन गर्न मात्र नभई नेपाल, क्वालालम्पुर र याङगुनबीचको मित्रतालाई अझ प्रगाढ बनाउन मद्दत गर्नेछ।’

काठमाडौं–यङ्गुन सिधा उडानले नेपालसँग रहँदै आएको वर्षौं पुरानो सम्बन्ध नयाँ उचाइमा पुर्‍याउनेछ भने जनस्तरको अन्तरघुलन अझ बढाउने विश्वास गरिएको छ। म्यानमरसँगको सिधा उडानबाट नेपालबाट भिक्षु बन्न तथा ध्यान गर्न जाने नेपाली लाभान्वित हुनेछन्। बौद्ध मुलुक म्यानमारबाट भगवान् बुद्धको जन्मस्थल लुम्बिनी आउने धार्मिक पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ।

नेपाल—चीन संयुक्त लगानीको हिमालय एअरलाइन्स्ले गत जेठ १८ देखि दोहा तथा १ अक्टोबर २०१६ देखि कोलम्बो उडान सुरु गरेको थियो। 
हिमालय एअरलाइन्स्ले आगामी पाँचवर्ष भित्र १५ वटा एअरबस जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ।

एअरलाइन्स्ले केही समयपछि लामो दुरी उडान भर्ने ए३३० जहाज ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाको लागि उडान भर्ने योजना बनाइरहेको छ।

प्रकाशित: ४ माघ २०७३ १०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App