७ वैशाख २०८१ शुक्रबार
अर्थ

ब्यापार घाटा कम गर्न चीनसँग सहयोगको अनुरोध

काठमाडौं— नेपालले प्रत्येक वर्ष बेहोर्दै आएको व्यापार घाटा कम गर्न नेपालबाट निर्यातहुने वस्तुहरुको प्रवद्र्धनमा सहयोगका लागि नेपाली व्यवसायीले चीनसँग अनुरोध गरेका छन्। 

नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा मंगलबार संघका पदाधिकारीहरु सम्मिलित एक प्रतिनिधि मण्डलले चिनियाँ राजदूत यु होङसँग भेट गरी उक्त अनुरोध गरेको हो। 

उनले नेपालमा पूर्वाधारको विकास, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नती आदि कार्य गर्दै पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु ल्याउनु पर्ने बताइन्। 

नेपाल र चीनबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ पार्ने विषयमा छलफल गर्दै श्रेष्ठले संघका क्रियाकलाप तथा भावी योजनाबारे पनि राजदूतलाई जानकारी दिए। 

नेपालमा चिनिया लगानी, कृषि, जलश्रोत एवं पर्यटन प्रवद्र्धनमाथि जोड दिँदै उनले नेपालले प्रत्येक वर्ष बेहोर्दै आएको व्यापार घाटा कम गर्न नेपालबाट निर्यातहुने वस्तुहरुको प्रवद्र्धनमा सहयोगका लागि अनुरोध गरेका थिए। साथै चीनका प्रमुख व्यापारिक केन्द्रहरुमा नेपाली निर्यातयोग्य सामानहरुको मेला, प्रदर्शन गरे नेपाली उत्पादित सामग्रीहरुको व्यापार प्रवद्र्धनमा मद्दत पुग्ने विचार पनि व्यक्त गरे।

नेपालमा आएको महाभूकम्प पश्चात चिनीया पर्यटकहरुको आगमनमा कमी आएको हुँदा थप हवाइ सम्पर्क, नेपालको पर्यटन बजारबारे प्रवद्र्धन गरी पर्यटन बृद्धिका लागि समेत संघले अनुरोध गर्‍यो।

उक्त अवसरमा नवनियुक्त राजदुत यु होङले दुई देशको आर्थिक तथा व्यापारिक कार्यलाई प्रवद्र्धन गर्न नेपाल चीन उद्योग वाणिज्य संघसंग सहकार्य गरी आवश्यक सहयोग गर्ने इच्छा व्यक्त गरिन्। चीनले २०१७ लाई नेपाल पर्यटन वर्षको रुपमा मनाउने जानकारी दिँदै उनले नेपालमा पूर्वाधारको विकास, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नती आदि कार्य गर्दै पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु ल्याउनु पर्ने बताइन्। 

साथै संघले राखेका धारणाहरुलाई सकारात्मक रुपमा लिंदै उनले कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जनाइन्। 

 

प्रकाशित: ४ माघ २०७३ १०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App