१६ चैत्र २०८० शुक्रबार
अर्थ

ललितपुर उपमहानगरको वार्षिक बजेट १ अर्ब २० करोड

ललितपुर– ललितपुर उपमहानगरपालिकाले सफा र सुन्दर नगर बनाउने योजना ल्याएको छ। बिहीबार बसेको उपमहानगरपालिकाको २५ औँ नगरपरिषद्ले आर्थिक वर्ष ०७४/०७५ का लागि बजेट प्रस्तुत गरी नगर क्षेत्र सुन्दर र सफा बनाउने कार्यक्रम उद्घोष गरेको हो।

०७४/०७५ का लागि १ अर्ब २० करोड ९३ लाख २३ हजार रुपैयाँको बजेट प्रस्ताव गर्दै उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणी पाण्डेले नगर क्षेत्रको फोहोरमैला व्यवस्थापनको लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएका छन्।
‘बजेट योजना तथा कार्यक्रम तर्जुमा गर्दा जनस्वास्थ्य, बातावरण र स्वच्छ, हराभरा नगरमा केन्द्रित भएका छौँ,’ उनले भने, ‘फोहोरमला व्यवस्थापनका लागि १० करोड बजेट विनियोजन गरेका छौं।’

उनका अनुसार सहरी पूर्वाधार विकास तथा सार्वजनिक निर्माण क्षेत्रमा ५५ करोड रकम विनियाजन गरिएको छ । यो क्षेत्रमा ०७४/०७५ का लागि सबैभन्दा बढी बजेट विनियाजन गरिएको पाण्डेले वजेट वत्तव्य पढेर सुनाउने क्रममा जानकारी दिए । पूर्वाधार विकासले नगरवासीलाई विकासको अनुभूति गराउने भएकाले उक्त क्षेत्रमा सबैभन्दा बढी रकम विनियोजन गरिएको उपमनपाले जनाएको छ ।

नीति तथा बजेट सार्वजनिक कार्यक्रममा बोल्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले उपमहानगरपालिकाले ल्याएको अत्यन्तै सन्तोषजनक भएकोले यसको कार्यान्वयन पक्षलाई ध्यान दिन सुझाए । उनले भने, ‘ल्याएको बजेट कार्यान्वयनमा ध्यान दिने हो भने, यसले ललितपुर उपमहानगरपालिकालाई एक वर्षमै थप विकसित र हराभरा बनाउँछौं।’ उपमहानगरपालिकाले गत वर्षभन्दा आर्थिक वर्ष ०७४/०७५ को लागि ३५५  प्रतिशतले बढी रकम विनियोजन गरेको हो।  

त्यस्तै, लक्षित वर्ग तथा सामाजिक सुरक्षा भत्ताको क्षेत्रमा २९ करोड ७७ लाख ११ हजार, सम्पदा संरक्षण तथा विकास कार्यक्रममा २ करोड ५० लाख, नगर क्षेत्रका खानेपानी सुधार ढल निर्माण कार्यक्रमका लागि १ करोड ६५ लाख, उज्यालो ललितपुर कार्यक्रम ६ करोड, उपमहानरपालिकाको भवन निर्माण कार्यक्रममा एक करोड ५० लाख, जनस्वास्थ्य तथा सामाजिक विकास कार्यक्रममा १ करोड ७५ लाख, महोत्सव र घाटहरु व्यवस्थापनको लागि २० करोड बजेट ल्याएको छ ।

विनियोजन गरिएको बजेटमध्ये नेपाल सरकारबाट प्राप्त हुने रु. ५५ करोड ७५ लाख २३ हजार, आन्तरिक सा्रेतबाट ३७ करोड १८ लाख, राजस्व बाडफाँड रु ३ करोड, वैदेशिक सा्रेत रु १२ करोड ५० लाख सहभागिता र मौज्दात रु ७ करोड ५० लगायत विभिन्न क्षेत्रबाट प्राप्त भएको रकम बजेटमा समावेश गरेको हो।
 

प्रकाशित: २८ पुस २०७३ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App