coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

इन्धन सम्झौता नवीकरणमा छलफल

काठमाडौं- नेपालसँगको इन्धन खरिद र आयातसम्बन्धी सम्झौता पुनरावलोकनको विषयमा छलफल गर्न इन्डियन आयल कर्पोरेसन(आइओसी)को टोली नेपाल आएको छ। टोलीले बुधबार नेपाल आयल निगमका अधिकारीसँग इन्धन आपूर्ति, पाइपलाइन निर्माण लगायतविषयमा छलफल भएको छ।

सन् २०१२ मा आइओसीसँग नवीकरण गर्ने समय (सन् २०१७) नजिकिँदै जाँदा पूर्वतयारीको निगम र आइओसीका अधिकारीले छलफल तीव्र बनाएका छन्। यो सम्झौता हरेक पाँच वर्षमा नवीकरण हुन्छ। रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा रहेकोले त्यसलाई निर्धारित समयमा सम्पन्न गर्ने विषयमा दुई पक्ष सकरात्मक छन्।

दुई पक्षबीच विभिन्न चरणको छलफलपछि नवीकरणको समयमा एजेन्डा थपघट हुने निगका प्रबन्ध निर्देशक गोपाल खड्काले बताए। 'आइओसी र निगमबीच इन्धन बजार व्यवस्थित गर्ने विषयमा छलफल भएको छ,' खड्काले भने, 'नवीकरणमा एजेन्डा थपघट गर्ने विषयमा टुंगोमा पुगिसकेका छैनौं।'

नाकाबन्दीका बेला आइओसीले नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति नगरेपछि सरकारले चीनलगायत मुलुकसँग पेट्रोलियम बजारको विविधीकरण गर्ने निर्णय गरेपछि आइओसी सशंकित भएको थियो। तर, नेपालले त्यस विषयमा कुनै निर्णय गरेको छैन।  

प्रकाशित: ३० मंसिर २०७३ ०४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App