नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इटहरीमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
तालिममा कोसी प्रदेश र मधेश प्रदेशबाट ५ सय जना अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो। कार्यक्रमको शुभारम्भ नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले गरे। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअल माध्यमबाट स्वागत गर्दै तामिले व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरू विकास गर्न सहज हुने कुरा बताए।
भारतको मुम्बइबाट आएका प्रशिक्षक विजयकुमार झाले प्रशिक्षण गरेका थिए। कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरूको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए।
प्रकाशित: १३ चैत्र २०७९ ०३:१५ सोमबार