१६ चैत्र २०८० शुक्रबार
अर्थ

सेयर कारोबार घट्यो

काठमाडौँ-धितोपत्र बजारमा नेप्से परिसूचक मंगलबार उकालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार ९.९१ प्रतिशतले उकालो लागेको छ । कुल १३६ कम्पनीको नौ लाख ४० हजार ४२१ कित्ता सेयर रु ७७ करोड १८ लाख १९ हजार ३०१ मूल्य बराबरको सेयर कारोबार भएको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने मंगलबार घटेको छ ।

बजार खुल्नेबित्तिकै एक हजार ५४४ बिन्दुमा रहेको नेप्से उतारचढाव भई एक हजार ५५४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ०.७१ प्रतिशतले बढेको छ ।

जलविद्युत् समूहको सेयर ओरालो लाग्दा अन्य समूहको सेयर भने उकालो लागेको छ । बैंकिङ ०.४१, होटल २.७३, विकास बैंक ०.१४, फाइनान्स ०.७३, बिमा २.४५, उत्पादन ०.११ र अन्य समूह ०.०८ प्रतिशतले बढेको छ । रासस

प्रकाशित: २१ मंसिर २०७३ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App