७ वैशाख २०८१ शुक्रबार
अर्थ

शेयर बजारमा भारी गिरावट

काठमाडौं–नेपाल स्टक एक्सेन्च परिसूचक ५८ दशमवल ४६ अंकले तल झरेको छ।  केही समययता ओरालो लागिरहेको  नेप्से १५९९  दशमलव ६२ मा गएर बजार बन्द भएकाे छ।   लगानीकर्ताहरुले आफूसँग भएको शेयरको मूल्य अझै घट्ने त्रासमा बेच्न थालेपछि  बजार आइताबार अझै ओरालो लागेको  विष्लेकषहरुको बुझाइ छ।

शेयर बजारमा साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज परिसूचक ओरालो लागेको छ। बजारमा भारी गिरावत भएपछि आइतबार दिउँसो सर्किट ब्रेक लागेको थियो। परिसूचक चार प्रतिशतले ओरालो लागेपछि १२ः ३७ मा सर्किट ब्रेक लागेको थियो । एक बजेर सात मिनेटमा बजार पुन खुलेको थियो। बजार अत्याधिक रुपमा माथि वा तल जाँदा नेप्सेले लगानीकर्तालाई सचेत भएर लगानी गर्नका लागि संकेत गर्न सर्किट ब्रेक लगाउने गर्छ।

अहिलेसम्म (१४ः२९) नेप्से परिसूचक ३४ दशमवल ७७ अंकले तल झरेको छ। बजार तीन बजे बन्द हुन्छ ।  केही समयदेखि ओरालो लागिरहेको बजारमा लगानीकर्ताहरुले आफूसँग भएको शेयरको मूल्य अझै घट्ने त्रासमा बेच्न थालेपछि  बजार आइताबार अझै ओरालो लागेको  विष्लेकषहरुको बुझाइ छ।

खासगरी बैंक र वित्तीय संस्थामा रहेको तरलता (लगानी योग्य पैसा) घट्न थालेपछि ब्याजदर बढ्न थालेको कारण शेयरमा आउने पैसामा कडाइ हुन थालेपछि बजार  बिक्रीको चाप आज बजार खुलेदेखि नै बढेको स्टक ब्रोकर एसोसियसनका पूर्व अध्यक्ष अंजनराज पौडेलले नागरिकन्युजलाई बताए। ‘अघिल्लो हप्तादेखि बजार घटिरहेको थियो, शेयरको मूल्य अझै घट्छ भनेर पनि धेरै लगानीकर्ताले बेच्न खोजेको देखिन्छ,’ उनले भने।

उनका अनुसार भारतीय रुपैयाँमा भएको प्रतिबन्धले पनि बजार प्रभावित भएको हो। ‘धेरै लगानीकर्ताले भारतीय रुपैयाँको मौज्जाद राखेर  व्यापार व्यावसाय गर्थे, अहिले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लागेपछि व्यापार व्यावसायमा लगाउने नगदको अभाव भएको जस्तो देखिन्छ, जसले गर्दा शेयर बजारमा उनीहरुले गर्ने शेयरको माग घटेको हो,’ उनले भने।

बजार वियरिस ट्रेण्डमा गएको हो। तर केही लगानीकर्ता बजार घटिहाल्नुपर्ने कुनै कारण नभएको दाबी गर्छन्। ‘अहिले लगानीकर्ता आत्तिएर आफसँग भएको शेयर सस्तो मूल्यमा फाल्नुको खासै अर्थ छैन,’ लगानीकर्ता दिपेन्द्र अग्रवालले भने,‘ अहिले कम्पनीले राम्रो नाफा गरिरहेका छन्। चाँडै नै गैर आवायीय नेपालीलाई पनि नेपालको शेयर बजारमा लगानी गर्ने बाटो खुल्ला गरिँदै छ, यी सबै कारणले उत्साहित हुनुपर्ने अवस्था हो।’

उनका अनुसार केही लागनी कर्ताहरु लगत अफवाह फैलाएर शेयर मूल्य घटाएर किन्ने दाउमा छन्, जसले गर्दा बजार घटिरहेको छ।  यो समय शेयर किन्ने सुनौलो अवसर भएको उनको दाबी छ।

 

प्रकाशित: ५ मंसिर २०७३ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App