coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बसाइ लम्ब्याउन पाेखरामा पर्यटकलाई भाइटीका

पोखरामातिहारको टीका थापेपछि सेल्फीखिच्दै पर्यटक।

पोखरा– हल्यान्डकी हिल्ट्जे भ्यानदोस्रोपटक पोखरामा भाइटीका महोत्सवमा सहभागीभइन् ।  एकैखाले कार्यक्रममा दोहो¥याएर भागलिनपाउँदामंगलबार उनीनिकै खुसीथिइन् । ‘म सारै नै भाग्यमानी रहेछु । नेपालीको महान चाड मैले दोस्रोपटक पनिमनाउनपाए,’उनले भनिन् ।

भ्यान जस्ता १५ मुलुकका ५५ जनाविदेशीपर्यटकले मंगलबार पश्चिमाञ्चलहोटल संघले आयोजना गरेको भाइटीका महोत्सवमा टीका लगाएर अनुभवबटुल्न पाए। घुम्न आएकापुरुष र महिलापर्यटक टीका लगाउनपुगेकाथिए । पोखरा आएकाविदेशीपर्यटकको बसाइअवधिलम्ब्याउन र आकर्षणथप्न संघले विगत १० वर्षदेखि तिहारको भाइटीकाका दिनयो कार्यक्रमगर्दैआएको छ ।

संघका अध्यक्ष भरतराज पराजुलीले पर्यटकमाझ नेपाली संस्कार पस्कने गतिलो अवसर भाइटीका महोत्सवभएको बताए ।‘विदेशीलाई नेपाली संस्कार र परम्परा बुझाउने गतिलो माध्यमपनि यो महोत्सवबनेको छ । त्यसैले यसमाविदेशी सहभागिता बढ्दै गएको छ,’ उनले भने, ‘यसको महŒवबुझेकाविदेशीले भाइटीका लगाउने भन्दै पोखरा बसाइ बढाउने गरेका छन् । यसको फाइदापर्यटन क्षेत्रमा परेको छ ।’ पराजुलीकाअनुसार यो पटक ७जनाविदेशीपर्यटक दोहो¥याएर महोत्सवमा सहभागीभएकाथिए । भाइटीका महोत्सवमा दोहो¥याएर सहभागीहुनेमा अस्टे«लिया, अमेरिका, हल्यान्ड र चिनियाँथिए ।
पहिलोपटक भाइटीका महोत्सवमा सहभागीहुनपाएकीअस्टे«लियाकी जस्टिनाले पनि टीका लगाउनपाउँदाखुसीव्यक्तगरिन् ।

‘दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने यो चाडमलाई यो निकै मन प¥यो,’उनले भनिन्, पहिलोपटक नेपालआउँदा यस्तो वातावरणले म प्रभावितभएकी छु । आगामीदिनमापनि यस्तै अवसर पाएआउनेछु ।’ सप्तरंगीटीका, ढाकाटोपी र सयपत्रीफूलले सजिँदाविदेशीपर्यटकचिरिच्याट्ट परेकाथिए । विदेशीभएपनिउनीकुनै नेपालीनागरिकभन्दाकम देखिँदैनथे ।

रेन्बो चिल्ड्रन होमकाबालिकाहरुले पर्यटकलाई टीका लगाइदिएकाथिए । पर्यटकलाई उनीहरुले नेपाली परम्पराअनुसार टीका लगाएर उपहार दिएकाथिएभने पर्यटकले पनिबालिकाहरुलाई दक्षिणा दिएकाथिए । १५ अमेरिकी डलरमापर्यटकले फारम भरेर कार्यक्रममा सहभागितामात्रजनाएनन् सो अवसरमाआयोजनागरिएको देउसी–भैलो र सांस्कृतिक

कार्यक्रममा सहभागीभएर मनोरञ्जन पनिलिए । सेलरोटी र अन्य परिकारको स्वादमापनिउनीहरु उत्तिकै रमाए ।
अमेरिका, अस्ट्रेलिया, बंगलादेश, चीन, हल्यान्ड,जर्मनी, फ्रान्स, जापान, स्पेन, बुल्गेरिया, स्पेन, स्विजरल्यान्ड, कोरिया, बेलायत, ब्राजिललगायत देशकापर्यटक सहभागीथिए । कला र संस्कृतिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने यो महोत्सवले पुष्टि गरेको अध्यक्ष पराजुलीको भनाइ छ ।

पोखरा घुम्न आएकाविदेशीपर्यटकलाई भेला गराएर उनीहरुलाई बालगृहका बालिकाहरुबाट टीका लगाउने व्यवस्था संघले मिलाउने गरेको छ ।हरेकविधि पूरा गरेर पर्यटकलाई टीका, मालालगाउने र मिष्ठान्न खानेकुरा खुवाउने पनिगरिन्छ । पर्यटकलाई एक–एकजनाबालिकाले टीका लगाउने प्रचलन छ ।बालगृहकाबालिकाले टीका लगाइदिने भएकोले पनियसको महŒवअझै बढिरहेको अध्यक्ष पराजुलीको भनाइ छ । ‘बालगृहमा बस्ने सबै बालिकाको आफन्तनहुन सक्छन् । दाजुभाइविहीनबालबालिकाले तिहारमाखल्लो महसुस गर्छन् । तर, यो महोत्सवले उनीहरुलाई दाजुभाइर दिदीबहिनीबीच जस्तै मिलन गराउँछ,’ उनले भने ।

पोखरामापर्यटक आकर्षण गर्न बर्सेनि फरक महोत्सवगरिँदै आएकोमा भाइटीका महोत्सवले नौलोपन बढाएको महोत्सव संयोजक राजेन्द्र ढकालले जानकारी दिए । उनकाअनुसार पोखरा घुम्न आएकायीविदेशीमार्फत नेपाली परम्परा र संस्कारबारे अन्तर्राष्ट्रियस्तरसम्म सन्देश फैलाउन सघाउनेछ । ‘नेपालमापर्यटक आकर्षित गर्ने बहानायसलाई बनाएका छौं । यसले सकारात्मक सन्देश पु¥याएको छ,’ ढकालले भने, ‘यो बेला नेपाल घुम्न जानुपर्छ भन्ने सन्देश पनियसले दिलाउन सक्छ ।’


 

प्रकाशित: १८ कार्तिक २०७३ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App