९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

सातै दिन अन्तर्राष्ट्रिय टिकट बिक्रीकक्ष खुला

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय टिकट बिक्रीकक्ष सातै दिन खुल्ला हुने भएको छ।

यात्रुहरूको सुविधालाई ध्यानमा राखेर यही फागुन ५ गतेदेखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म खुल्ला रहने व्यवस्था गरेको निगमले जनाएको छ।

यस्तै निगमले शुक्रबार, शनिबार र सार्वजनिक बिदाको दिन पनि टिकट बिक्री कक्ष खुल्ला गर्ने भएको छ। यी दिनहरूमा भने निगमले बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म बिक्री कक्ष खुल्ला गर्ने जानकारी प्रेस विज्ञप्ति दिइएको छ।

प्रकाशित: ५ फाल्गुन २०७९ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App