१५ चैत्र २०८० बिहीबार
अर्थ

निर्माणको चरणमा कावेली ‘ए’

कावेली (पाँचथर) - विश्व बैँक र अन्तराष्ट्रिय वित्तिय संस्था (आईएफसि)को लागनी रहेको प्रतिक्षित कावेली ‘ए’ जलविद्युत आयोजनाको निर्माणको काम अघि बढाउनका लागि धमाधम तयारी भईरहेको छ। मेची अञ्चलकै ठूलो जलविद्युत आयोजनाको रुपमा रहेको ३७ दशमलव ६ मेघावट आयोजना बनाउनका लागि निर्माण क्षेत्रमा तयारी थालिएको छ।  तिहार पछि पूर्वाधार निर्माणको काम अघि बढाउनका लागि तयारी भईरहेको जानकारी गराइएको छ।

आयोजनाको लगानीकर्ताको रुपमा रहेको सिङ्गापुरको इन्फ्राको एसिया कम्पनीका  कार्यकारी निर्देशक  एलार्ड एम तथा  प्रवद्र्धक कम्पनी कावेली इनर्जी प्रदीप श्रेष्ठले प्राविधिक टोली सहित निर्माण क्षेत्रको अवलोकन गरेका छन्। उनले ड्याम, पावर हाउस लगायतको स्थालगत भ्रमण गरी आयोजनाको काम चाडैँ अघि बढाउन निर्देशन दिएका छन्।  प्रवर्दक कावेली इनर्जीमा वुटवल पावर कम्पनी र इन्फ्राकोको साझेदारी छ।

निर्माण कम्पनीको छनौट भइसकाले डेढमहिना पछि निर्माणको काम अघि बढ्ने अध्यक्ष श्रेष्ठले बताए। डेढदुई महिना भित्र काम अघि बढ्ने  श्रेष्ठले बताए। 'तीन बर्षभित्र काम सक्ने योजनामा छौँ', श्रेष्ठले भने,  'कावेली करीडरको प्रसारण लाईन बनी सक्दा काम पनि सक्ने योजना छ।’

स्थानीयवासिसँग समन्वय, सडकमर्मत तथा अन्य पूर्वाधारका काम कम्पनीले अघि बढाएको छ। पाँचथर र ताप्लेजुङको सीमा भएर बग्ने कावेली नदीमा आयोजना अघि बढाउन लागिएको हो। दश अर्व लागत अनुमान रहेको आयोजना विश्वबैँकले पछिल्ला बर्षमा काम बढाएको एकमात्र जलविद्युत आयोजना हो। भौगोलिक अवस्था, स्थानीयको उत्साह तथा सम्भावनालाई हेर्दा आयोजना सफलता पूर्वक अघि बढ्न सक्ने अनुमान लगाइएको इन्फ्राकोका कार्यकारी निर्देशक एलार्डले बताए।

प्रकाशित: १६ आश्विन २०७३ ११:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App