१६ चैत्र २०८० शुक्रबार
अर्थ

बिपी राजमार्गमा ठूला सवारीलाई पटके अनिवार्य

रुट पर्मिटको मागगर्दै यातायातव्यवसायीले बिपी राजमार्गस्थितसिन्धुलीको शान्तिनगर चोक नजिकै घुम्तीमा सडक अवरुद्ध गर्न तेर्स्याइएको बस । तस्बिरः अनिल भण्डारी

सिन्धुली– बिपी राजमार्गमा चाडपर्वलाई मध्यनजर गर्दै पटके काटेर ठूला बस सञ्चालनहुने भएका छन् । रुट पर्मिट बिनाका सवारी सञ्चालनगर्नप्रहरीले रोक लगाएपछि बुधबार बिहान केही समय यातायातव्यवसायीलेनै बिपी राजमार्ग बन्द गराएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

बिपी राजमार्गमाइजाजतनभएका सवारीलाई प्रहरीले रोकेपछियातायातव्यवसायीले चाडपर्वमाठूला सवारी रोक्ननपाउने भन्दै रुट पर्मिटको मागसहितबुधबार बिहानैदेखि राजमार्गमा सवारी साधन तेस्र्याएर बन्द गरेकाहुन् । सरकारले अस्थायी पर्मिट दिने निर्णय गरेपनिगरे पनिमंगलबार धादिङमाभएको दुर्घटनालाई लिएर निर्णय परिवर्तन गरी पर्मिटविनाको सवारी चल्ननदिने निर्णय गरेपछि आफूहरु आन्दोलितभएको बिपीयातायातयव्यवसायी संघ सिन्धुलीकाअध्यक्षआकाशश्रेष्ठले जानकारी दिए ।

पर्मिटनिाका सवारी प्रहरीले रोक्यो, हामीले दबाबदिनकालागि केही समय राजमार्ग नै बन्द गरायौं,’अध्यक्षश्रेष्ठले नागरिकसँगभने, ‘केन्द्रमा पटकेबाट चल्नदिने निर्णय भएको छ हामी त्यसैअनुसार अबपटके काटेर सवारी चलाउँछौ ।’उनले दसैं जस्तो पर्वमासवारी चलाउने इजाजतजुनकुनै हालतमादिनुपर्ने जनाए । इजाजतपनिनदिने दुर्घटना हुँदाहामीले बेहोर्नुपर्ने भएपछि हामीले पटकपटक इजाजतमाग्दै आएका छांै,’श्रेष्ठले थपे ।

झन्डै तीन साताअघि अस्थायीपर्मिट दिने निर्णय भएको र सोहीअनुसार यातायात सञ्चालनहँुदै आएको र हाल सरकारलेनै गरेको निर्णय कार्यन्वयन गराउनुको साटो निर्णय परिवर्तन गरीव्यवसायीलाई दुःखदिएको यातायातव्यवासायीको गुनासो छ । बुधबार बिहानजिल्लाकाबिपीयातायात, कमलामाई यातायात, हिमाल तराई यातायातलगायत झन्डै आधादर्जन ठूला यातायातव्यवसायीले राजमार्गमा रुट पर्मिट मागगर्दै राजमार्ग अपरुद्ध गरेपछि सरकारले पटकेमा सवारी सञ्चालनगर्न दिने निर्णय गरेको आफूले फोनमा सुनेको जिल्लाप्रहरी कार्यालयकाप्रहरी प्रमुखएसपीउमाशंकर पन्जियारले बताए । उनले भने, ‘यहीअसोज १४ गतेबाट पटकेमासवारी चलाउनदिने निर्णय भएको छ, तर आधिकारिक पत्रआएको छैन । पत्र आएपछि सवारी सञ्चालनहुनेछ । समस्या समाधानभइसक्यो ।  

यातायातव्यवसायीले राजमार्गमा सवारी तेस्र्याएर बन्द गरेपछि प्रहरीले कुनै पनिहालतमाराजमार्ग बन्दगर्न नहुने भन्दै १० जनायातायातव्यवसायीलाई प्रक्राउ गरेको थियो । ‘राजमार्ग बन्द त गराउनकुनै हालतमापाइँदैन, त्यसैले गाडी तेस्र्याउने केहीयातायात सञ्चालकलाई प्रक्राउगरिएको हो । तर अब समस्या समाधानभइसक्यो,’ एसपीपन्जियारले नागरिकसँगभने । बिपी राजमार्ग साँघुरो र घुमाउरो भएको भन्दै नेपाल सरकारले १६ सिट क्षमताभन्दामाथिकासवारीलाई हालसम्म रुट पर्मिट दिएको छैन । पर्मिटविनै हालसम्म सञ्चालनहँुदै आएका ठूला सवारीलाई विभिन्न स्थानको दुर्घटनापछि पर्मिटविना चल्ननपाउने भन्दै प्रहरीले कडाइ गर्न थालेपछि पर्मिटका लागिव्यवसायीले पटकपटक कसरत गर्दै आएका छन् । तर हालसम्मपर्मिट नपाएको उनिहरुको गुनासो छ । पूर्वी तराईसहितविभिन्नजिल्लामापुग्नकालागि काठमाडौंबाट छोटो दुरीमापुग्न सकिने राजमार्ग अत्यधिक साँघुरो र घुमाउरो हुँदा दुर्घटनाको जोखिम छ । दुर्घटनाको जोखिमभएकै कारण झन्डै दुई वर्ष अगाडिबाटै बिपी राजमार्गमा १० देखि १२ चक्के ठूला ट्रकलाई रोक लगाइएको छ ।

 

प्रकाशित: १३ आश्विन २०७३ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App