१५ चैत्र २०८० बिहीबार
अर्थ

काँग्रेस निकट व्यवसायीले गठन गरे लोकतान्त्रिक व्यापार संघ

काठमाडौं – नेपाली काँग्रेस निकट व्यवसायीहरुको पहलमा नेपाल लोकतान्त्रिक व्यापार संघ केन्द्रीय तदर्थ समिति गठन गरिएको छ।

शंकर देवकोटाको अध्यक्षतामा गठन गरिएको उक्त केन्द्रीय तदर्थ समितिका उपाध्यक्ष भोजराज न्यौपाने, महासचिव तीर्थबहादुर खड्का, सचिव कपिल थापा मगर र कोषाध्यक्ष प्रमोद पाण्डे रहेका छन्।

दुई महिला सदस्य मनोनयन गर्न बाँकी रहेको उक्त केन्द्रीय समितिका सदस्यहरुमा दिलीप शाह, चिनकाजी श्रेष्ठ, इन्द्र आचार्य, हिरा भगत, अमर ज्योति रन्जित, श्रवण अग्रवाल, प्रमोद श्रेष्ठ र सिनोद घिमिरे रहेका छन्।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उक्त समितिको घोषणा गरिएको हो। कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले व्यवसायीहरुको समस्या समाधानका लागि काँग्रेस तयार रहेको धारणा व्यक्त गरे।

लोकतान्त्रिक व्यापार संघले नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा काम गर्न जुट्नुले काँग्रेसलाई थप बल मिलेको उनको भनाइ थियो।

कार्यक्रममा नेपाली काँग्रेस जनसम्पर्क समिति चीनका अध्यक्ष राजनकुमार जमरकट्टेलले देशको अर्थतन्त्रका लागि लोकतान्त्रिक व्यापार संघको सक्रियता महत्वपूर्ण हुने धारणा राखे। 

प्रकाशित: ११ आश्विन २०७३ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App