काठमाडौं– रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमई लिमिटेडले दसैं लक्षित ‘आइएमई हात हुँदैन खाली’ योजना ल्याएको छ । असोज १ देखि असोज ३० गतेसम्म लागू हुने सो योजनामा विभिन्न उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । योजनामा साझेदार बैंक तथा वित्तीय संस्थाबाट समेत सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
सो योजनामा सहभागी भएसँगै आइएमई ब्रान्डेड टी–सर्ट, क्याप, टर्च, सपिङ झोला, पेन, स्टेसनरी सेट उपहार प्राप्त गर्न सकिने छ । त्यस्तै दैनिक लक्की ड्र मार्फत विजयी हुने १० जनालाई जनही २ वटाका दरले तीन सय चन्द्रागिरी केबलकारको टिकट उपलब्ध गराइने बताइएको छ । साप्ताहिक उपहार योजनामा प्रत्येकले प्राप्त गर्नेगरी ४ जनालाई युएम स्कुटर रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ३ आश्विन २०७३ ०९:२६ सोमबार