२६ असार २०७७ शुक्रबार
अर्थ

सीता एअरको जहाज एउटा इन्जिनमा काठमाडौं अवतरण

काठमाडौं–निजी क्षेत्रको आन्तरकि वायु सेवा कम्पनी सीता एअरको जहाजले बिहीबार मध्यान्ह एउटा इन्जिनको भरमा लुक्लाबाट काठमाडौं सफलतापूवर्क अवतरण गरेको छ।  नियमित उडान तालकिा अनुसार बिहीबार विहान साढे सातबजे काठमाडौंबाट १४ यात्रु बोकेर लुक्ला गएको ‘९एन–एएचआर’ कलसाइन भएको जहाज १८ सिटे डोर्नियर २२८ जहाजको फर्किने बेलामा बायाँ इन्जिनमा समस्या आएको सीता एअरका प्रवक्ता घनश्याम आचार्यले बताए।

‘बायाँ इन्जिनमा  आयल प्रेशर इण्डिकेशन देखाएपछि  त्यो इन्जिनले काम नगर्ने भयो,’ आचार्यले नागरिकन्युजसँग भने,‘ त्यसपछि इन्जिनियर तथा प्रावधिकको टोली  दायाँ इन्जिनको भरमा फेरी फ्लाइट गर्न सकिने सुझाव दिएपछि एउटा इन्जिनकोभरमा उडाएर काठमाडौं ल्यायौं।’

उनका अनुसार जहाजको बायाँ इन्जिन बिग्रिएपछि इन्जिनियर तथा प्राविधिको टोली काठमाडौंबाट हेलिकप्टरमा लुक्ला पुगेका थिए। उनीहरुले काठमाडौं गएरमात्र जहाज मर्मत गर्न सकिने बताएपछि दायाँ इन्जिनको भरमा फेरी फ्लाइट गरी जहाज काठमाडौं ल्याइएको थियो। ‘फर्किँदा भने जहाजमा इन्जिनियर र प्राविधिक टोलीमात्र थिए,’ आचार्यले भने,‘ जहाज मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो।’ आवश्यक मर्मत संहारपछि जहाज नियमित उडानमा फर्कने उनले जनाए। जहाललाई क्याप्टेन दीपक शाहले उडाएका थिए।  

 

प्रकाशित: ३० भाद्र २०७३ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App