७ वैशाख २०८१ शुक्रबार
अर्थ

अदुवा निर्यातमा भारतले लगाएको प्रतिबन्ध हट्यो

झापा– नेपाली अदुवामाथि गत ११ दिनदेखि भारतले लगाएको प्रतिबन्ध शुक्रबारबाट खुलेको छ।

नेपाली अदुवामा विषादीको मात्रा देखिएको भन्दै भारतको खाद्य विभागले नेपाली अदुवाको भारत निर्यातमा रोक लगाएको थियो। तर, नमुना जाँचका लागि भारत लगिएको १० क्विन्टल अदुवामा कुनै विषदी नदेखिएपछि भारतले पुनः निर्यात खुला गरेको हो।

नेपाली अदुवाको नमुना परीक्षणका लागि १० क्विन्टल अदुवा पठाइ भारतको खाद्य विभागले माग गरेपछि नेपाली व्यवसायीले सोही परिमाणमा अदुवा परीक्षणका लागि भारत पठाएका थिए।

भदौ १५ गतेदेखि भारतले नेपाली अदुवा निर्यात रोकेपछि विशेष गरी पूर्वी नेपालका अदुवा किसान मारमा परेको थिए। भारत निर्यात नहुँदा किसानले ठूलो क्षेत्रफलमा लगाएको अदुवा नै कुहिएर जाने अवस्था सिर्जना हुन लागेको भन्दै उनीहरु निर्यात खुलाउने पहल गर्न सरकारसँग माग गरिरहेका थिए।

भारतकाे यस निर्णयसँगै अब नेपाली किसान तथा व्यवसायीले नेपाली अदुवा शुक्रबारबाट नै भारत निर्यात गर्न सक्ने छन्।

प्रकाशित: २४ भाद्र २०७३ १०:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App