५ वैशाख २०८१ बुधबार
अर्थ

दुर्गममा नेपाल एयरलाइन्सको अनलाइन ईटिकट प्रणाली शुरु

संस्कृति पर्यटन मन्त्री किँरातीलाई ध्यानाकर्षण गर्दै सांसद लामा सहितको टोली। तस्बिर: सांसद लामाको सामाजिक सञ्जाल

नेपाल एयरलाइन्सको नेपालगञ्जबाट जुम्ला सहित दुर्गममा उडान हुने जहाजमा अनलाइन ईटिकट प्रणाली शुरु भएको छ। 

नेपाल एयरलाइन्सले बिहीबार देखी इटिकट प्रणाली शुरु गरेको हो। नेपालगञ्जबाट उडान हुने जिल्लाहरु जुम्ला, हुम्ला, डोल्पा, मुगु, रुकुम र बाजुरामा अनलाइन टिकट शुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगंजका प्रमुख किरण श्रेष्ठले बताए।

उनले बिहीबार देखी सो सेवा शुरु गरिएको र जिल्लाबाट फर्किदा पनि यो सेवा पहिलो पटक शुरु गरिएको जनाए। दुर्गममा जहाजको टिकट शक्ति र पावरको रुपमा मात्रै वितरण हुने तर सर्व साधारणलाई जहिले पनि टिकट लिन सास्ति हुने भएकाले इटिकट प्रणाली शुरु गरिएको हो।

माघ १९ गतेबाट नेपाल एयरलाइन्सको कर्णालीका सबै जिल्लामा इटिकट प्रणाली शुरु भएको छ। जुम्लाबाट प्रतिनिधत्व गर्ने सांसद छिरिङ ल्यामु लामा तामाङले सांसद भएदेखि हवाई र यातायातका समस्या सामाधानमा लागिरहेकी छिन्।

उनले कर्णाली र जुम्लामा हवाई उडानको समस्या सामाधानका बिषयमा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीलाई माग पेश गर्दै आएकी छिन्। सांसद लामाको निरन्तर पहल पछि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्णालीमा अनलाईन इटिकट प्रणाली शुरु गरेको हो।

सांसद लामाले भनिन्, सबैभन्दा कठिन जुम्ला सहित कर्णालीले भोग्नुपरेको बिषय जहाज र यातायातको पहिलो समस्या हो। जहाज नियमित नहुने, त्यहाँ जाने जहाजमा टिकट वितरणमा समस्या भएकाले नागरिकले सास्ति भोक्दै आएकाले आफू सांसद भएदेखि निरन्तर पहलमा छु।,' 

उनले गत माघ ९ गते मन्त्री किँरातीलाई जुम्लामा इटिकट र विमानस्थल स्तरवृद्धिको लागि लिखित पत्र दिएकी थिइन्। उनले  कर्णाली राजमार्गको समस्याका बिषयमा मन्त्री नारायाणकाजी श्रेष्ठलाई समेत भेटेर माग राखेको बताइन्।  

नेपाल सरकार सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले टिकटमा नागरिकले सास्ति भोग्नु परेको अवस्था भएकोले तत्काल इटिकट लागु गरिएको बताए। मन्त्री किँरातीले यो कामका लागि सांसद छिरिङ ल्यामु लामाको पहल महत्वपूर्ण रहेको बताए।

इटिकट प्रणाली लागु भएपछि सजिलो हुने भन्दै स्थानीय खुशी भएका छन्। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर कुँवर यस कार्यले नागरिकलाई सजिलो हुने बताउँछन्।

सांसद छिरिङले भने अन्य निजी जहाजमा पनि अनलाईन टिकट लागु गर्न तथा विमानस्थलको स्तरवृद्धि गर्न पहल भइरहेको बताइन्। नेपाल एयरलाइन्स जुम्लाका कर्मचारी डम्बर खत्रीले जुम्लामा पनि अनलाईन टिकट कार्यान्वयन भएको बताए।

उनका अनुसार हरेक हप्तामा सोमबार र मंगलबार नेपाल एयरलाइन्सको जहाँजको तालिका अनुसार पछिल्लो समय नियमति पनि भइरहेको छ।  

प्रकाशित: २० माघ २०७९ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App