१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुनको मूल्य हालसम्मकै उच्च,तोलाको १ लाख ७ हजार ५ सय पुग्यो

पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ। आज छापावाल सुनको कारोबार प्रतितोला एक लाख सात हजार पाँच सय तोकिएको छ।

अघिल्लो दिन प्रतितोला एक लाख छ हजार तीन सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला एक हजार दुई सयले बढ्दा नेपाली बजारमा सुनको कारोबार मूल्य हालसम्मकै उच्च भएको हो।  यसअघि यही माघ १२ गते सुनको कारोबार प्रतितोला एक लाख छ हजार नौ सय पुगेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख सात हजार छ। अघिल्लो दिन उक्त सुन  एक लाख पाँच हजार आठ सय पुगेको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा १५ले बढेर प्रतितोला एक हजार तीन सय ९५ पुगेको महासंघले जनाएको छ।  

प्रकाशित: १९ माघ २०७९ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App