८ वैशाख २०८१ शनिबार
अर्थ

भारतले नेपाललाई पौने ९ अर्ब अनुदान दिने

भारतले नेपाललाई करिब पौने ९ अर्ब रूपैयाँ अनुदान सहायता दिने भएको छ। भारतका वित्त मन्त्री निर्मला सीतारमणले वित्त वर्ष सन् २०२३/२४ का लागि बुधबार प्रस्तुत गरेको बजेटमा ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड रूपैयाँ) विनियोजन गरिएको छ।

भारतको विदेश मन्त्रालयमार्फत नेपालसहितका छिमेकी मुलुकलाई वर्सेनि अनुदान सहायता उपलब्ध गराउँदै आएको थियो। सन् २०२३/२४ मा नेपाललाई ५ अर्ब ५० करोड भारु मात्र सहायता दिने भएको छ। यो पोहोरको तुलनामा २ अर्ब भारतीय रूपैयाँ कम हो। पोहोर भारतले सुरुमा नेपालका लागि ७ अर्ब ५० करोड भारु सहायता उपलब्ध गराउन बजेट विनियोजन गरेको थियो। तर, पछि बजेट पुनरावलोकन गर्दै गत वर्ष ४ अर्ब २५ करोड विनियोजन गर्दै संशोधन गरेको थियो।

नेपालका लागि सहायता कटौती गरेको भारतले सार्क राष्ट्रकै अर्को सानो मुलुक भुटानमा भने २४ अर्ब भारु विनियोजन गरेको छ। त्यसैगरी, भारतले श्रीलंकालाई १ अर्ब, माल्दिभ्सलाई ४ अर्ब, बंगलादेशलाई २ अर्ब रूपैयाँ सहायता उपलब्ध गराउने भएको छ।

प्रकाशित: १९ माघ २०७९ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App