८ वैशाख २०८१ शनिबार
अर्थ

सेयरबजार निरन्तर ओरालोतर्फ

साताको तेस्रो कारोबार दिन मंगलबारसम्म नेप्सेपरिसूचकमा निरन्तर गिरावट आएको छ। यो साताको आइतबारदेखि आरोलो लाग्न थालेको सेयरबजार तीन दिन निरन्तर उच्च अंकले गिरावट हुँदै आइरहेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयरबजार दोहोरो अंकले गिरावट आएको छ। मंगलबार नेप्सेपरिसूचक १५.७४ अंकले घटेर २१११.६३ बिन्दुमा झरेको छ। मंगलबार १४८ कम्पनीको सेयर घट्यो भने ५७ कम्पनीको सेयर बढेको छ भने ११ कम्पनीको सेयर स्थिर रह्यो।  

मंगलबार नेप्सेपरिसूचक निकै उतारचढावपूर्ण रह्यो। कारोबार सुरु हुने बेला सामान्य अंकले बढेको नेप्सेपरिसूचक २१०८.९५ बिन्दुसम्म झरेको थियो। १ः३२ समयतिर नेप्से परिसूचक बढेर २१३६.१५ बिन्दुसम्म पुगेको थियो। मंगलबार कारोबार बन्द हुने बेलामा भने २१११.६३ मा झरेको थियो। मंगलबार ७५ लाख ५३ हजार २ सय ३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४० सय ६ रूपैयाँको सेयर कारोबार भएको छ।  

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्सेका तीन वटै सूचक घटेका छन्। सेन्सेटिभ सूचक ७२.३८ अंक, फ्लोट सूचक १.२३ अंक र सेन्सेटिभ फ्लोट सूचक भने ०.८१ अंकले घटेको छ। बुधबार नेप्सेका १३ वटा उपसूचकमध्ये एउटा मात्रै सामान्य वृद्धि भयो। हाइड्रोपावरतर्फको उपसूचक ०.६० अंकले बढेको छ भने अन्य उपसूचक घटेका छन्। मंगलबार सबैभन्दा धेरै घट्ने उपसूचकमा जीवनबिमातर्फ १३२.३८ अंक, माइक्रोफाइनान्सतर्फ ५४.०५ अंक, उत्पादन तथा प्रसोधनतर्फ ४३.५१ अंकले घटेको छ। मंगलबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा कृषि विकास बैंक रह्यो। सो बैंकको सेयर १० प्रतिशतले वृद्धि भएको छ। बाराही हाइड्रोपावर कम्पनीको सेयर ७.३७ प्रतिशत, लुम्विनी जनरल इन्सुरेन्सको सेयर ६.२० प्रतिशत र इष्र्टन हाइड्रोपावर कम्पनीको सेयर ५.८६ प्रतिशतले बढेको छ।

मंगलबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा प्राइभ लाइफ इन्सुरेन्स कम्पनीको सेयर रह्यो। सो कम्पनीको ५.२१ प्रतिशतले घटेको छ। त्यसैगरी मनकामना स्मार्ट लघुवित्त कम्पनीको सेयर ४.९७ प्रतिशत, गणपति लघुवित्त कम्पनीको सेयर ४.४६ प्रतिशत र सगरमाथा इन्सुरेन्स कम्पनीको सेयर ४.३० प्रतिशतले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार आइतबार नेप्सेपरिसूचक १४.६८ अंकले घटेर २१६८.५३ बिन्दुमा झरेको छ। सो दिन ८२ लाख ७६ हजार ७ सय ५१ कम्पनीको सेयर किनबेच हुँदा तीन अर्ब १ करोड ७० लाख ६३ हजार ९ सय ५६ रूपैयाँको सेयर कारोबार भएको थियो। साताको दोस्रो दिन सोमबार ४१.१६ अंकले घटेर २१२७.३७ बिन्दुमा झरेको थियो। सो दिन ८८ लाख ३६ हजार ४ सय ८८ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ३० करोड २२ लाख १ हजार ८ सय २३ रूपैयाँको कारोबार भएको थियो।

प्रकाशित: १८ माघ २०७९ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App