coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

बचतलाई लगानी केन्द्रित गर्नुपर्छ: गभर्नर नेपाल

पाल्पा-नेपाल राष्ट्र बैंकका गर्भरनर चिरञ्जीवी नेपालले निक्षेप संकलनमात्र प्रमुख उद्देश्य राखेर बैंकहरु अगाडी बढ्न नहुने बताएका छन्। उनले बैंकहरुले लगानी कृषि, पशुपालन तथा पर्यटनको विकासमा लगानी केन्द्रीत गर्न जरुरी रहेको बताए।

आइतबार पाल्पाको तानसेनमा एनएमबी बैंकको ७१ औं शाखाको उद्घाटन गर्दै गभर्नर नेपालले हायर पर्चेजमा मात्र लगानी केन्द्रीत नगरी अन्य क्षेत्रमा समेत यसको परिचालन गर्न जरुरी रहेको बताए। 'वाणिज्य बैंकहरुमा थुप्रिएको बचतलाई प्रयोग गरेर सरकारले लगानीको वातावरण निर्माण गर्नुपर्छ', उनले भने । जिल्ला जिल्लामा वाणिज्य बैंक खुल्नेक्रम तिव्र भएपनि यहाँ जम्मा भएको नगद रकमको सही सदुपयोग हुन नसकेको उनले बताए।

‘कृषि क्षेत्रको विकास नहुँदासम्म मुलुकको समग्र विकास हुन सक्दैन। देशमा रोजगारका अवसरहरु समेत यहिबाट प्राप्त गर्न सकिन्छ,’–गभर्नर नेपालले भने, 'सरकारले कृषि क्षेत्रमा ५ प्रतिशतमात्र व्याजमा ऋण लगानी गर्ने नीति बनाएको छ, यसको सफल कार्यान्वयन गर्न बैंकहरु लाग्नुपर्छ।’ धैरे दुर्गम स्थानमासमेत बैंकको शाखा खोल्नलाई माग आउने गरेको बताउँदै उनले बैंकबाट पैसा लिएर ठाउँठाउँमा लगानी गर्न आग्रह गरे।  

 

प्रकाशित: १२ भाद्र २०७३ १०:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App