१६ चैत्र २०८० शुक्रबार
अर्थ

लगानी भित्र्याउन दीर्घकालिन नीति ल्याउन माग

विराटनगर– वैदेशिक लगानी भित्र्याउन दीर्घकालिन नीति आवश्यक भएको विराटनगरका उद्योगी व्यवसायीले बताएका छन्। सोमबार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको वैदेशिक लगानी भित्र्याउन सहजीकरण विषयक छलफलमा यहा“का उद्योगी व्यवसायीहरूले यस्तो माग राखेका हुन्।
नेपालमा सरकार फेरिएपिच्छे नीतिहरू पनि फेरिइरहँदा लगानीकर्ता अन्यौलमा पर्ने गरेको उनिहरूको भनाई छ। मोरङ व्यापार संघका पूर्व अध्यक्ष अविनाश वोहोराले सरकारले लिने नीतिमा लगानीको वातावरण निर्भर गर्ने भएकाले वैदेशिक लगानी भिœयाउन दीर्घकालिन नीतिको आवश्यक भएको बताए । उनले भने, ‘दीर्घकालिन नीति नभई विदेशी लगानी भित्रदैन।’ उनका अनुसार १९९० देखि २००० को दशकमा नेपालमा उल्लेख्य मात्रामा वैदेशिक लगानी भित्रिएको थियो। त्यतिबेला एक दशकमा १८ मिलियन भन्दा बढी लगानी नेपाल भित्रिएको बोहोराले बताए। विदेशी लगानी भिœयाउन तीन वर्षभन्दा कम अवधिको छोटो, तीन वर्ष अवधिको मध्ययम र १० वर्षभन्दा बढीको दीर्घकालिन गरी तीन चरणमा लगानीका विभिन्न क्षेत्रलाई विभाजन गर्न उनले सुझाव दिएका छन्।
मोरङ व्यापार संघका महासचिव प्रकाश मुण्दडाले नेपालमा स्रोत साधनको कमी नभए पनि त्यस्ता स्रोत साधनको सदुपयोग हुन नसकेको बताए । बैदेशिक लगानी भिœयाउन सजिलै लगानी गर्न सक्ने  र लगानी फिर्ता लैजन पनि सक्ने कानुनी व्यवस्था हुनु जरुरी रहेको राठीको भनाइ छ। उनले भने, ‘अवैध काम गर्नेलाई कडा कानुन बनाएर खुम्च्याउने र वैधानिक रुपमा काम गर्नेलाई सहजीकरण र प्रोत्साहन गर्ने व्यवस्था हुनुपर्दछ।’ उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले स्वदेशी लगानीलाई संरक्षण गरी लगानीमैत्री वातावरणको निर्माण गरे विदेशी लगानीकर्ता स्वतः आकर्षित हुने बताए।
प्राध्यापक पीके झाले बैदेशिक लगानीकै बलबाट धेरै देशहरूले उच्च अंकको आर्थिक विकास गरिरहेको बताए। आर्थिक विकासका लागि वैदेशिक लगानी जरुरी रहे पनि वैदेशिक लगानी भित्राउ“दा सचेत हुनुपर्ने झाको सुझाव छ। कुन क्षेत्रमा लगानी ल्याउने भन्ने विषयमा ध्यान नदिए बैदेशिक लगानीले हानी पनि पु¥याउने उनले बताए । झाका अनुसार पछिल्लो केही वर्ष यता रक्सी उत्पादनका लागि नेपालमा विदेशी लगानी आइरहेको भन्दै यस्तो क्षेत्रमा आउने लगानीले गम्भीर असरपार्ने बताए। ‘रक्सी उत्पादनका लागि विदेशी लगानी ल्याउ“दा भविश्यमा देशकै लागि घातक सिद्ध हुन्छ,’ झाले भने। अर्कोतर्फ  विदेशी लगानीकर्ताले कमाएको प्रतिफलका विषयमा पनि स्पष्ट व्यवस्था हुनु जरुरी रहेको उनको धारणा छ।
भारत र चीनमा विदेशी लगानीकर्ताले कमाएको  नाफाको ६० प्रतिशत सोही देशमा पुनःलगानी गर्नुपर्ने र ४० प्रतिशत मात्रै अन्यत्र लैजान पाउने व्यवस्था रहेको झाले बताए। नेपालमा पनि लगानी भित्राउनुभन्दा पहिले यस्तै खालको नीतिगत व्यवस्था गर्नु जरुरी रहेको उनको सुझाव छ।  कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा, उद्योग संगठन मोरङका महानिर्देशक सोमनाथ अधिकारीलगायतले लगानीमैत्री वातावरण बनाउन दीर्घकालिन नीति आबश्यक रहेको बताए। कार्यक्रमका सहजकर्ता पूर्व उद्योग सचिव कृष्ण ज्ञावालीले वैदेशिक लगानी ऐनका विषयमा जानकारी गराएका थिए।

 

प्रकाशित: ६ भाद्र २०७३ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App