coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हिमाल अध्ययनसम्बन्धी एकेडेमी स्थापना गर्न प्रम दाहालकाे निर्देशन

काठमाडौं–  मुलुकको पर्वतीय पर्यटनको विकासका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउने भएको छ।

नेपालमा हिमालसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि एकेडेमी स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएकाे बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सगरमाथा आरोही सङ्घका प्रतिनिधिमण्डलसँगको भेटका अवसरमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

‘नेपाल हिमालयको देश हो। विश्वभरका मानिसले नेपालमा आएर माउण्टेनसम्बन्धी अध्ययन गर्न नेपाल माउण्टेन एकेडेमी स्थापना गर्न पहल गर्नेछु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस सहयोगी मनहरि तिमल्सिनाले बताए।

सर्वोच्च शिखर सगरमाथासहित विश्वका ८ वटा अग्ला हिमाल नेपालमा छन्। यिनले नेपालको पहिचानलाई विश्वभर चिनाएका छन्। नेपालको पर्यटनको महत्वपूर्ण आधार पर्वतारोहण र पदयात्रालाई मानिन्छ। पर्वतारोहणको अथाह सम्भावना रहे पनि अपेक्षित विकास हुनसकेको छैन।

भेटका अवसरमा आरोहीहरुले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै आरोहणसम्बन्धी सम्भावना र जटिलताबारे अवगत गराएका थिए।

हिमालको रक्षा र पर्वतारोहीको सुरक्षाका लागि आवश्यक नीति बनाउन र नेपाल पर्यटन विश्वविद्यालय स्थापना गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको भेटमा सहभागी सगरमाथा आरोही कृष्ण केसीले बताए। रासस

प्रकाशित: २६ श्रावण २०७३ ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App