८ वैशाख २०८१ शनिबार
अर्थ

नेप्सेको यु–टर्न, मंगलबार ८४ अंकले उक्लियो

काठमाडौं– सेयर बजार परिसूचकले मंगलबार यु–टर्न लिएको छ। सोमबार ८९ अंकले ओरालो लागेको शेयर बजार परिसूचक मंगलबार झण्डै त्यति नै अंकले उकालो लागेको छ। मंगलबारको कारोबारपछि नेप्से परिसूचक ८४ अंकले बढेर १७६० अंकमा पुगेको छ।

परिसूचक बढे पनि मंगलबार कारोबार रकम  भने बढ्न सकेन । मंगलबार १ हजार १ सय १२ कारोबारबाट जम्मा २९ करोड ८३ लाख ३२ हजार ७ सय ८५ रुपैयाँ बराबरको ३१ लख ८ सय ७७ कित्ता शेयर किनबेच भएको छ।

मंगलबार सबै समुहगत परिसूचक हरियो भएका छन् । मंगलबारको बजारमा बीमा समुहको परिसुचक सबैभन्दा बढी ५११.३९ अंकले बढेको छ। त्यस्तै, जलविद्युत् १३८.०६, होटल ११९.०७, बैंकिङ ९६.०३, विकास बैंक ४४.१, अन्य १५.०४ र वित्त समूह १२ अंकले बढेको छ।  

 

प्रकाशित: २५ श्रावण २०७३ ०९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App