coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लगानीको वातावरण नबनेसम्म समृद्धि असम्भव: गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले लगानीको वातावरण नबनेसम्म समृद्धि असम्भब प्रायः भएको बताएका छन्। त्यही कारण उद्योगमा लगानी गर्ने वातावरण वनाउन नयाँं सरकारसँंग उनले विशेष आग्रह गरेका छन्।

भक्तपुर उद्योग वाणिज्य संघको शुक्रबार भएको ३५ औ वार्षिक साधारण सभा २०७९ को उदघाटन गर्दै उनले लागनीको वातावरण नबनेसम्म रोजगारी सृजना नहुने र रोजगारीको राम्रो व्यवस्था नभएसम्म मलुकको समृद्धि असम्भब भएको दावी गरे।

यही कारण महासंघ अहिले अर्थतन्त्र जोगाऔं अभियानमा जुटिरहेको उनले जनाए। अहिलेको लागि अर्थतन्त्र जोगाउनु मात्रै पनि ठूलो उपलव्धी भएको उनले सुनाए। यही कारण अहिले अर्थतन्त्र जोगाउने अभियानमा महासंघ जुटेको उनको भनाइ थियो।

अध्यक्ष गोल्छाले मुलुक रेमिट्यान्सको भरम चल्नू समग्र देशकै लागि खतरा भएको बताए। नेपालको अर्थतन्त्र ध्वस्त भई असफल राष्टमा जानेतिर उनले विशेष चिन्ता व्यक्त गरे। यसकारण रेमिट्यान्सको भरमा मात्रै बस्नु ठूलो गल्ती हुने उनको ठम्याई छ।

उनले अहिले बनेको नयाँं सरकारले पूर्वाधारमा जोड दिनुपर्ने बताए। नेपालमा पर्यटन र रोजगारीलाई विशेष ध्यान दिन उनले सरकारलाई सुझाए। अहिले वार्षिक १० लाख पर्यटक नेपाल भित्रिरहेकोमा त्यसलाई दस गुणा बढाउने गरी योजना ल्याउनुपर्ने उनको भनाइ थियो। विश्वका विपन्न भियतनाम लगायतका देशहरुले पनि वार्षिक चालीस ५० हजार पर्यटक भित्राउन सफल भइरहेको भन्दै उनले नेपाल जस्तो सुन्दर देशले सजिलै अत्याधिक पर्यटक भित्राउन सकिने विचार राखे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, महासंघकै वस्तुगततर्फका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरलगायतले देशमा लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए।  

कार्यक्रममा उत्कृष्ट निर्यातकर्ताहरुलाई सम्मान गरिएको थियो। हिमालयन मिट वेयर प्रालि, नेपाल ह्याण्ड मिट, प्रधार्नाग एप्रोन इन्डष्टी, श्री सिद्धिगणेश तरकारी प्रशोधनलाई उत्कृष्ट निर्यातकर्ता घोषणा गरी सम्मान गरिएको थियो।  

कार्यक्रममा २०७९ सालको निर्वाचनमा भक्तपुर जिल्लाबाट प्रत्यक्ष तथा समानुपातिक तर्फबाट निर्वाचित संघीय सांसदहरुलाई सम्मान गरिएको थियो। साथै भक्तपुर उद्योग वाणिज्य संघको तर्फबाट महानगरीय ट्राफिक प्रहरी कार्यालय कमलविनायक भक्तपुरका प्रमुख प्रहरी सहायक निरीक्षक ब्रजेशकुमार झालाई संघकोतर्फबाट प्रिन्टर सहयोग वितरण गरेका थिए। कार्यक्रममा संघको बुलेटिन पनि विमोचन गरिएको थियो।    

प्रकाशित: २९ पुस २०७९ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App