coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कालिका पावरले १५ प्रतिशत बोनस शेयर दिने

कालिका पावर कम्पनी लिमिटेडले आफ्ना शेयर धनीलाई १५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। कम्पनीको आज(शुक्रबार) भरतपुरमा भएको १५औँ वार्षिक साधरण सभाले चुक्त्ता पुँजीको १५ प्रतिशत शेयर बोनस दिने निर्णय गरेको हो।

कम्पनीको गत आर्थिक वर्ष संचित मुनाफा चुक्ता पुँजी ६९ करोड रुपैयाँ छ। त्यसको १५ प्रतिशतले हुन आउने दश करोड ३५ लाख रुपैयाँ बोनस शेयर दिने निर्णय भएको कम्पनीका लेखा समितिका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। कम्पनीले घोषणा गरेको लाभांस विद्युत नियमन आयोगबाट स्विकृत गरेपछि शेयरधनीले पाउनेछन्।

कम्पनीले कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांस समेत दिनेछ। त्यसका लागि ५४ लाख ४७ हजार ५५० रुपैयाँ स्वीकृत भएको छ। कम्पनीले आर्थिक बर्ष २०७८/०७९मा ८ करोड ११ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षमा ८ करोड ५ लाख ६८ हजार रुपैयाँ नाफा गरेको थियो।

कालिका पावरको संस्थापक शेयर धनी पुँजी ७० प्रतिशत र सर्वसाधरण पुँजी ३० प्रतिशत रहेको छ।

२०६४ सालमा स्थापना भएको कालिका पावर कम्पनीले गोरखाको अजिरकोट गाउँपालिका स्थित दरौदी खोलाबाट विद्युत उत्पादन गरेको छ। गत वर्षमात्रै कम्पनीले ३ करोड ३० लाख २१ हजार यूनिट विद्युत उत्पादन गरेको थियो। त्यसबाट १९ करोड ९६ लाख ९० हजार ३ रुपैयाँ आम्दानी गरेको कालिका पावरका लेखा अधिकृत प्रविण थपलियाले जानकारी दिए। कालिका पावरले गत आर्थिक वर्ष प्रतिशेयर आम्दानी ११.७६ प्रतिशत गरेको थियो।

२०७३ सालबाट विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गरेको कालिका पावरले ६ हजार किलोवाट क्षमताको जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि २१०४ सम्मको अनुमति पत्र पाएको छ।

भरतपुरमा भएको साधरणसभाले नया सञ्चालक समिति समेत चयन गरेको छ। सर्वसाधरण शेयर धनिबाट भुपराज काफ्ले र सिताराम श्रेष्ठ, विज्ञ तर्फबाट स्वतन्त्र सञ्चालकको रुपमा  बालेन्द्र क्षेत्रीलाई सर्वसमत चयन गरिएको निर्वाचन सयोजक कृष्णप्रसाद पनेरुले जानकारी दिए। यस कम्पनीको सञ्चालक समितिको अध्यक्ष विक्रम पाण्डे हुन् । यो समितिको कार्यवधि ४ वर्षको रहनेछ।  

प्रकाशित: २९ पुस २०७९ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App