८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

'होनर एक्स नाइन ए ५ जि' नेपाली बजारमा आउँदै

विश्वव्यापी लन्च भएको करिब एक हप्ता पछि, सेन्ट्रोन नेपालले होनर एक्स नाइन ए ५ जि लाइ अब नेपाली बजारमा लन्च गर्ने तयारी गरेको छ। सबैभन्दा बलियो स्क्रिन भएको स्मार्टफोनको रूपमा पनि चिनिने यो मोबाइल जनवरी १७ देखि नेपाली बजारमा उपलब्ध हुनेछ।

होनर एक्स नाइन ए ५ जि १६ जनवरीदेखि दराजमा प्रि–बुकिङका लागि उपलब्ध हुनेछ। अग्रिम बुकिङ गर्ने ग्राहकहरूले रु ५ हजार ४ सय ९० मूल्यको होनर एअर बर्डस एक्स थ्रि लाइट नि–शुल्क प्राप्त गर्नेछन्।

६.६७ वल्ड क्रप डिस्प्ले भएको होनर एक्स नाइन ए ५ जि यो वर्षको लागि उत्कृष्ट मिड–रेन्ज स्मार्टफोनहरू मध्ये एक मान्न सकिने कम्पनीले बताएको छ।

होनर एक्स नाइन ए ५ जि मा ५१०० एमएएचको ब्याट्री छ। ३० मिनेटको सुपर–पावर चार्जमा १२.५ घण्टा अनस्टप भिडियो हेर्न सकिने कम्पनीको दाबी छ।  

कम्पनीका अनुसार यसमा ८ जिबी र्‍याम र २५६ जिबी इन्टरनल स्टोरेज छ भने भरजन १२ रहेको छ।  

यसमा ६४ मेगापिक्सल मुख्य क्यामरा, २ मेगापिक्सल म्याक्रो क्यामरा र ५ मेगापिक्सल अल्ट्रा डेप्थ गरी तीन क्यामरा उपलब्ध छ। त्यस्तै यसमा १६ मेगापिक्सल फ्रन्ट क्यामरा र १०८० पि भिडियोय सुटिङ्ग र ८ एक्स सम्म जुम हुन्छ।  

६.६७ इन्चको डिस्प्ले भएको होनर एक्स नाइन ए ५ जि  टिटानियम सिल्भर र इम्बेड ग्रिनमा रङमा पाइन्छ।  

यो आधिकारिक रूपमा जनवरी १७ देखि नेपालभर उपलब्ध हुनेछ। खरिदकर्ताहरूले यसलाई अनलाइन प्लेटफर्म दराज र अफलाइन रिटेल स्टोरहरूबाट पनि प्राप्त गर्न सक्छन्। यसको मूल्य रु ४५ हजार ९ सय ९० रहेको छ।

प्रकाशित: २९ पुस २०७९ ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App