७ वैशाख २०८१ शुक्रबार
अर्थ

वर्षाले मध्यपहाडी लोकमार्ग निर्माण कार्य ठप्प

विद्या रार्इ

भोजपुर– लगातारको वर्षाका कारण पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तगर्त भोजपुर खण्डको निर्माणकार्य अवरुद्ध भएको छ। भोजपुर देउरालीदेखि चखेवासम्मको ४२ कतिकिलोमिटर खण्डको निर्माणकार्य बन्द भएको हो। वर्षाले भोजपुर लेगुवा खण्डमा ढुवानी हुन छाडेपछि आवश्यक निर्माण सामाग्री डिजेल, सिमेन्टलगायतको अभावका कारण असार मसान्तदेखि काम बन्द भएको इन्जिनियर रवीन्द्र महर्जनले बताएका छन्।

दुई ल्याण्डका लागी भैरहेको निर्माणको ट्याक ओपन सम्पन्न भएको छ। कालोपत्रेका लागी तयारी भैरहेको भए पनि वर्षाले गर्दा सुरु हुन नसकेको हो। निर्माण स्थलका कतिपय ठाँउमा पहिरो खसेका कारण थप समस्या भएको लोकमार्ग आयोजनाले बताएको छ। ट्रयाक ओपन सकिएकाले नाला निर्माण, बाटो फराकिलो, गे्रडिङ्ग, स्ट्रक्चरको काम केही ठाँउमा भैरहेको भए पनि यतिबेला बन्द भएको जनाएको छ।

नेपाल सरकारको आर्थिक सहयोगमा पुष्पलाल लोकमार्ग आयोजनाले २०६४ यता भोजपुरमा सडक निर्माण गर्दै आएको छ। छिमेकी जिल्ला धनकुटा लेगुवादेखि ६६ किलोमिटरको ट्रयाक ओपन यसअघि मध्यपहाडीले नै गरे पनि अहिले एडीबीले दुई लेन कालोपत्रेको जिम्मा लिएको छ। बाँकी भोजपुर सदरमुका देउरालीदेखि छिमेकी जिल्ला खोटाङ्गको सिमाना चखेवाभञ्ज्याङ्ग सम्म ४२ किमी र चखेवादेखि खोटाङ्ग सदरमुका दिक्तेल बजारसम्मको ४८ किमी गरी जम्मा ९० किलोमिटरको निर्माण मध्यपहाडीले गरिरहेको छ।

भोजपुरको देउराली चखेवाखण्डको सेराखोलासम्मको खण्डको फराकिलो गर्ने काम सकिएको छ। वर्षा रोकिएपछि काम सुचारु गर्ने इन्जिनियर महर्जनले बताए। आउने सालदेखि सडक खण्डका पुलहरुको निर्माण सुरु हुने भएको छ। २०७६ मा सम्पन्न गर्ने गरी आयोजनाले निर्माणलाई अगाडी बढाइरहेको बताइएको छ।

 

प्रकाशित: १८ श्रावण २०७३ ०७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App