५ वैशाख २०८१ बुधबार
अर्थ

सडक डिभिजन कार्यालय इलामले स्थानीय तहसँग माग्यो संरचना हटाउन सहयोग

सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको सडक क्षेत्राधिकार भित्रका संरचना हटाउने कार्यको व्यवस्थापन कार्यमा सहयोग गर्न सम्वन्धित स्थानीय तहलाई अनुरोध गरेको छ। इलामले मेची राजमार्ग क्षेत्रमा पर्ने सबै स्थानीय तहलाई सडकको क्षेत्राधिकार भित्रका संरचना हटाउने कार्यको सहजीकरणमा सहयोग गर्न अनुरोध पत्र पठाएको हो।  

सडक डिभिजन कार्यालय इलामका इञ्जिनियर हरिराम रिमालका अनुसार अनुरोध पत्रको बोधार्थ सम्वन्धित जिल्ला प्रशासन कार्यालयलाई समेत पठाइएको छ। पुस २४ गते जारी गरेको पत्र अनुसार मेची राजमार्गकोसडक क्षेत्राधिकार भन्नाले सडकको मध्यभाग देखि पन्ध्र–पन्ध्रमिटर दाँयाबाँया दुबैतिर सडक सीमा हुने छ। यसका साथै सडक ऐन २०३१ बमोजिम सार्वजनिक सडक किनार देखि ६ मिटर भित्र स्थायी संरचना बनाउन पाइदैंन।  

यसो गर्दा अब मेची राजमार्गको क्षेत्राधिकार सडकको केन्द्र रेखाबाट पन्ध्र–पन्ध्रमिटर दाँयाबाँया दुबैतिर हुने छ भने यसको ६ मिटर भित्र भएका स्थायी संरचना समेत सडक क्षेत्राधिकार भित्रै पर्नेछन्। झापाको केचना देखि इलाम–पाँचथर–ताप्लेजुङ हुँदै उत्तरी क्षेत्रको घाङग्रिला सम्मको सडक राजमार्ग भित्र समेटिएको छ।  

प्रकाशित: २६ पुस २०७९ १०:१६ मंगलबार

मेची राजमार्ग सडक डिभिजन कार्यालय इलाम