४ वैशाख २०८१ मंगलबार
अर्थ

माघ ११ गतेदेखी अर्घाखाँची महोत्सव हुने

अर्घाखाँचीको सन्धिखर्कमा अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला लाग्ने भएको छ। स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने तथा जिल्लाका पर्यटकिय क्षेत्रलाई टेवा पु¥याउने उद्देश्य सहित महोत्सवको आयोजना गर्न लागिएको हो।

अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सले संयुक्त रुपमा ‘पाँचौं अर्घाखाँची महोत्सव–२०७९’ आयोजना गर्न लागेको उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले बताए। सन्धिखर्कको कुँडुले फाँटमा आउँदो माघ ११ गतेदेखि २४ गतेसम्म ‘कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ महोत्सव सञ्चालन हुने भएको हो।

अर्घाखाँची जिल्लामा भएका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरि पर्यटन भित्राउन तथा जिल्लालाई चिनाउनका लागि महोत्सवले भुमिका खेल्ने अपेक्षा गरिएको उपाध्यक्ष काजी श्रेष्ठको भनाइ छ। २०६६ सालदेखि एक वर्ष बिराएर सञ्चालन हुँदै आएको महोत्सव कोभिड–१९ का कारण विगत दुई वर्ष यता सञ्चालन हुन सकेको थिएन।

महोत्सव सञ्चालनका लागि उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र संयोजक र चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठको सह संयोजकत्वमा १ सय १ सदस्यीय मुल आयोजक समिति र विभिन्न उपसमिति निर्माण गरेको छ।

प्रकाशित: २४ पुस २०७९ १३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App