८ वैशाख २०८१ शनिबार
अर्थ

अबैध क्रसर र बालुवा प्रशोधन केन्द्रहरुको बिद्युत काटिदै

कलैया उपमहानगरपालिका २४ मा रहेको जय माता दी बालुवा प्रशोधन केन्द्रको लाईन काटिदै , निजगढमा रहेको नेपाल क्रसर उद्योगकाे कागजपत्र हेर्दै सहायक प्रजिय अर्चाय नेतृत्वको टोली।

दर्ता र नविकरण बिना नै बर्षै देखि अबैध रुपले सञ्चालन गरिएको क्रसर र बालुवा प्रशोधन केन्द्रहरुको बिद्युतिय लाईन काटिएर बन्द गराउने कार्य  शुरु गरिएको छ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अचार्यको नेतृत्वमा अनुगमन गर्न खटेको  टोलीले दर्ता र नविकरण नगरिएको क्रसर र बालुवा प्रशोधन केन्द्रहरुलाई बन्द गराउन  बिद्युतिय लाईन काटिने काम गरेको हो।  

बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अचार्यले अनुगमनको क्रममा क्रसर र बालुवा प्रशोधन केन्द्रका सञ्चालनहरुसँग दर्ता र नविकरण गरिएको कागजपत्रहरु देखाउन नसकिएको क्रसर र बालुवा प्रशोधन केन्द्रहरुको बिद्युतिय लाईन काटिएको बताएका छन्।

शुक्रबार र शनिबार अनुगमन गर्दा कलैया उपमहानगरपालिका २४ मा रहेको जय माता दी बालुवा प्रशोधन प्राली, निजगढ ९ मा रहेको लाल बकैया बालुवा प्रशोधन प्राली , जितपुरसिमरा उपमहानगरपालिका १५ मा रहेको बालगंगा बालुवा प्रशोधन पाली र जय माता दी बालुवा  प्रशोधन प्रालीको  बिद्युतिय लाईन काटिएको सहायक प्रजिय अचार्यले बताए।

जिल्ला भरिमा ५२ वटा  क्रसर र बालुवा प्रशोधन केन्द्रहरु सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय बाराले जनाएको छ।

अनुगमनको क्रममा कतिपयले सम्बन्धित निकायमा दर्ता पनि नगरिएको र प्रक्रिया पुर्याएर नविकरण पनि नगराइनुको साथ साथै प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन ९आइइई० प्रतिवेदनमा पनि नगराएको अवस्थमा क्रसर र बालुवा प्रशोधन केन्द्रहरु सञ्चालनमा रहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन्।  

अबैध तकिराले सञ्चालन गरिएको अधिकाँश क्रसर र बालुवा प्रशोधन केन्द्रहरुले प्रकृतिक दोहन गरेर राजस्व पनि छलि गर्दै आएको अवस्थामा तिनीहरुलाई कानुनि प्रक्रियामा ल्याउन अहिले कार्वाही गरिने काम शुरु गरिएको बोगटीले बताए।

निजगढ नगरपालिका ,कोल्हवी नगरपालिक, जितपुरसिमरा उपमहानगरपाकिला र कलैया उपमहानगरपालिका  अधिकाँश  क्रसर र बालुवा प्रशोधन केन्द्रहरु दर्ता र  नबिकरण बिना नै गैर कानुनि तरिकाले निर्धाक रुपमा सन्चाल गर्दै आइएको छ।  

मापडण्ड पुरा नगरेका क्रसरहरुलाई २०७२ असार मसान्तसम्म मात्र सन्चालन गर्नको लागि  नवीकरण  गरिए पनि सर्बै भन्दा बढि निजगढ नगरपालिकाले क्रसरहरु बन्द गर्नुको साट्टो आर्थिक लाभको अबैध क्रसर र बालुवा प्रशोधन केन्द्रलाई  संरक्षणमा सन्चालन गरिदै आएको थियो।  

नविकरण नगरि सन्चालन गरिएको क्रसार र बालुवा प्रशोधन केन्द्रले कच्चा पदार्थ ढुंगा, रोडा र बालुवा समेत गैरकानुनी रूपमा उत्खनन तथा भण्डारण गर्दै आएका थिए।  

ढुंगा रोडा उद्योग दर्तासम्बन्धी ऐनअन्तर्गत दर्ता हुने यो उद्योग स्थापना स्थल गाउँ–बस्ती, शिक्षण संस्था, धार्मिक, सांस्कृतिक, सुरक्षा पोस्ट, वन, निकुञ्ज, आरक्षबाट दुई किलोमिटर टाढा र खोला, नदी किनार तथा राजमार्गबाट पाँच सय मिटर टाढा हुनु पर्ने नियम रहे पनि यी अधिकाँश उद्योगहरुले त्यो नियम पालन गरेका छैनन्।

घरेलु तथा साना उद्योग बिभागले २०७२ साउन ३१ गते पत्र पठाएर क्रसार उद्योगहरुको इजाजत अनुमतिपत्र २०७२ असार मसान्तसम्मका लागि मात्रै नवीकरण गर्ने भनी निर्णय भएर आएको र त्यस पछि जिल्लामा भएको कुनै पनि क्रसरहरुलाई नवीकरण नगरिएको घरेलु तथा साना उद्योग कार्यालय बाराले जनाएको छ।

नविकरण नगरिए पछि क्रसर उद्योगहरु सन्चालन गरि राख्दा नियम कानुनलाई नमान्नु जस्तै देखिएको घरेलु तथा साना उद्योग कार्यालय बारा, कलैयाका प्रमुख धर्मेन्द्र लाल कर्णले बताएका छन्।

नविकरण नगरि सन्चाल गरिएको क्रसर उद्योगहरुलाई कारवाही गर्ने अधिकार स्थानीय तहलाई समेत भएकोले उनीहरुले कार्वाही नगरिदा यो अवस्था आएको कर्णले बताए।

अहिले पनि नवीकरण बिना नै अबैध रुपमा नेपाल क्रसर उद्योग, लालबकैया क्रसर,  हिमाल क्रसर,  बैष्णवी स्टोन उद्योग, डंगाल एण्ड ब्रडर्स बालुवा प्रशोधन केन्द्र, लालबकैया बालुवा प्रशोधन केन्द्र लगाएतका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रहरु अबैध तरिकाले सन्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय बाराले जनाएको छ।

२०७१ माघ २ को मन्त्रिपरिषदको बैठकले क्रसर उद्योग सञ्चालन मापदण्ड र सर्त तोकेको अवस्थामा  क्रसर व्यवसायीहरुले त्यो शर्त पुरा नगरेको घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीहरुले बताएका छन्।

आर्थिक बर्ष २०७२/७३ को बजेट बक्तव्यको बुँदा नम्बर २३६ मा पुननिर्माण र अन्य निर्माणको लागि निर्माण सामाग्रीको आपूर्ती सुनिश्चित गर्न हाल सन्चालनमा रहेका क्रसर उद्योगहरुलाई निश्चित बातावरणीय मापदण्ड पुरा गर्ने गरि एक बर्ष पश्चात तोकिएको स्थानमा स्थानान्तरण गर्नैपर्ने शर्तमा अथावत सन्चालन गर्न दिने उल्लेख गरिए पनि त्यसैको बहानामा निजगढको क्रसर व्यवसायीहरुले नवीकरण बिना नै अबैध तरिकाले क्रसरहरुलाई सन्चालन गर्दै आएका छन्।

प्रकाशित: २३ पुस २०७९ १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App