८ वैशाख २०८१ शनिबार
अर्थ

बुटवलको सडक खाना महोत्सवमा २ करोड बढीको कारोबार

बुटवलमा भएको चौथो सडक खाना महोत्सव २ लाख दर्शकले अवलोकन गरेका छन्।

महोत्सवबाट २ करोड मुल्य बराबरको कारोबार भएको आयोजकले बताएका छन्। पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रबार देखि बुटवलमा चौथो ‘बुटवल सडक खाना महोत्सव’ २०७९ आयोजना गरिएको थियो।

सडक खाना महोत्सवमा बुटवलको कालिका पथ दुलही झै सिगारीएको थियो। महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुगेको संघका अध्यक्ष राम प्रसाद गौतमले बताए। बुटवल उपमहानगरपालिकाको वडा न–९ कालिका पथको तिनकुनेदेखि उत्तरतर्फ नयाँ बसपार्क सम्मको सडकमा खाना महोत्सवको आयोजना गरिएको थियो।

अतिथि देवो भव, 'नेपाली मौलिक कला संस्कृति तथा खानपानका पतिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्धन र रोजगारीको सृजना हाम्रो अभियान' भन्ने नाराका साथ आयोजना गरिएको खाना महोत्सव सफलता पुर्वक सम्पन्न भएको संघका महासचिव माधव कुमार खनालले बताए। अग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरीएको महोत्सवले स्टलधनीहरुलाई व्यवसाय गर्ने राम्रो अवसर प्रदान गरेको उनले बताए।

महोत्सवमा यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टाका विभिन्न परिकाहरुका साथै जिल्लाभित्र र बाहिर विभिन्न जातजातिका खानाका परिकारको प्रदर्शनी तथा बिक्रीवितरण एवं राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुतिहरु राखीएको थियो। तिन दिने खाना महोत्सवले बुटवलको कालिका पथलाई उज्यालो शहरको रुपमा विकास गर्दै रात्रीकालिन व्यवसाय सञ्चालन गर्न कोसेढुङ्गा सावित भएको दावि आयोजकले गरेका छन्।

प्रकाशित: १९ पुस २०७९ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App