coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वैदेशिक अनुदानको रकम झण्डै आधा घट्यो

नेपाल सरकारले दातृराष्ट्रबाट बहुपक्षीय/द्विपक्षीय वैदेशिक अनुदान बापत प्राप्त गर्ने रकम गत आर्थिक वर्षमा ह्वातै घटेको छ। सरकारले आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारको कुल वैदेशिक अनुदान प्राप्ति (सोझै भुक्तानी अनुदानबाहेक) प्राप्त गर्ने रकम वर्षे घट्दै आइरहेको छ।  

सरकरले आव २०७८/७९ मा बहुपक्षीय, द्विपक्षीय वैदेशिक अनुदान बापत १४ अर्ब १२ करोड ८९ लाख रूपैयाँ प्राप्ति गरेको छ। विगत तीन आर्थिक वर्षको तुलना गर्दा गत आवमा वैदेशिक अनुदान बापतको रकम सबैभन्दा न्यून भित्रिएको देखिन्छ। महालेखा नियन्त्रकको कार्यालयले नेपाल सरकारको आयव्ययको वार्षिक वितरण २०७८/७९ को आर्थिक विवरण अनुसार वैदेशिक अनुदान बापतको रकम प्राप्तिमा धेरै कम भएको देखाएको छ।  

महालेखाका अनुसार सरकारले गत वर्ष बहुपक्षीय वैदेशिक अनुदान बापत १३ अर्ब २४ करोड ४३ लाख रूपैयाँ अर्थात् ९३.७४ प्रतिशत प्राप्त गरेको थियो। त्यसैगरी द्विपक्षीय वैदेशिक अनुदान शीर्षकमा भने ८८ करोड ४६ लाख अर्थात् ६.२६ प्रतिशत मात्रै अनुदान प्राप्त ग¥यो। आव २०७८/७९ मा वैदेशिक अन्य अनुदान शीर्षकमा कुनै पनि रकम प्राप्त गरेन।  

सरकारले आव २०७७/७८ मा कुल वैदेशिक अनुदान अन्तर्गत २६ अर्ब ७९ करोड १५ लाख रूपैयाँ प्राप्त गरेको थियो। अघिल्लो आवको तुलनामा गत आवमा सरकारले झण्डै आधा अर्थात् १२ अर्ब ६७ करोड रूपैयाँ कम वैदेशिक अनुदान शीर्षकमा प्राप्त गरेको छ। आव २०७७/७८ मा सरकारले कुल वैदेशिक अनुदान अन्तर्गत २६ अर्ब ७९ करोड १५ लाख रूपैयाँ प्राप्त गरेको छ।  

कुल अनुदान रकममध्ये बहुपक्षीय अनुदानको हिस्सा सबैभन्दा बढी १९ अर्ब ३५ करोड रूपैयाँ अर्थात् ७२.२४ प्रतिशत रहेको छ।  

सोही आवमा द्विपक्षीय वैदेशिक अनुदानमा ७ अर्ब ४२ करोड रूपैयाँ अर्थात् २७.७१ प्रतिशत हिस्सा ओगटेको छ। आव २०७७/७८ मा वैदेशिक अन्य अनुदानतर्फ भने एक करोड ४३ लाख ८० हजार रूपैयाँ प्राप्त भएको छ। सरकारले आव २०७६/७७ मा वैदेशिक अनुदान बापत १९ अर्ब रूपैयाँ नेपाल भित्रिएको थियो।  

यो रकम सोझै भुक्तानी अनुदानबाहेक भित्रिएको रकम हो। आव २०७६÷७७ मा द्विपक्षीय वैदेशिक अनुदान शीर्षकमा ५ अर्ब ४० करोड अर्थात् २८.१४ प्रतिशत भित्रिएको थियो। सोही अवधिमा बहुपक्षीय वैदेशिक अनुदानमा १३ अर्ब ६१ करोड रूपैयाँ अर्थात् ७०.९२ प्रतिशत आएको थियो। वैदेशिक अन्य अनुदान शीर्षकमा भने १८ करोड ३१ हजार रूपैयाँ आएको छ।

महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदन अनुसार आव २०७८/७९ मा वैदेशिक सहायताबाट जम्मा एक खर्ब ५८ अर्ब ५ करोड ४८ लाख रूपैयाँ परिचालन भएको थियो। प्रमुख १० विकास साझेदारमध्ये सबैभन्दा बढी एसियाली विकास बैंकले ३१ अर्ब ५६ करोड रूपैयाँ अर्थात् १९.९७ प्रतिशत योगदान रहेको छ। त्यसैगरी आईडिएको योगदान भने २५ अर्ब ९० करोड ५९ लाख अर्थात् १६.३९ प्रतिशत योगदान रहेको छ।  

यी विकास साझेदार कम्पनीले गत आवमा चालु, पुँजीगत र वित्तीय खर्चको आधारमा निकालिएको हो। आई डि एडि पि-सीको योगदान भने १९ अर्ब ४ करोड रूपैयाँ अर्थात् १२.०५ प्रतिशत रहेको छ। त्यसैगरी आईएमएफ/ईसिएफको योगदान भने १४ अर्ब ८ करोड रूपैयाँ अर्थात् ८.९१ प्रतिशत योगदान रहेको छ। जापन–जाइकाको योगदान भने १२ अर्ब ४८ करोड रूपैयाँ अर्थात् ७.९० प्रतिशत रहेको छ।

प्रकाशित: १९ पुस २०७९ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App