‘दि नेपाल डिस्टिलरिज’ को ४० युपी सेगमेन्ट मदिरा बजारमा आएको छ। लामो समयदेखि २५ युपी र ३० युपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० युपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो।
यो ४० युपी सेगमेन्टमा नेपाली बजारमा उपलब्ध मध्येकै स्तरीय मदिरा रहेको ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभाष लामिछानेले दाबी गरेका छन्। उनका अनुसार ग्राहकको यो सेगमेन्टका मदिराप्रति पछिल्लो समय बढेको आकर्षणलाई सम्बोधन गर्दै कम्पनीले ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको बताए।
प्रकाशित: ७ पुस २०७९ ०४:१० बिहीबार