९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

काठमाडौंमै नेक्सन ईभीले ३४७ किमीसम्म रेञ्ज निकाल्न सफल

सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको सह–आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ प्रदर्शनात्मक कार्यक्रम सम्पन्न गरेको छ।

वातावरण संरक्षण र देशको दिगो आर्थिक विकासको लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ।

‘नेक्सन इभी रेन्ज टेस्ट २०२२’ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा नेक्सन इभीको काठमाडौं सडकमै ३४७ किमीसम्मको रेन्ज निकाल्दै काठमाडौं निवासी सलिम श्रेष्ठ प्रथम, ३३२ किमि रेन्ज निकालेर भरत पुडासैनी र अनिश कावरा दोस्रो तथा ३२१ किमि रेन्ज निकाल्दै सफल तृप्ति सिंह तथा उदिप न्यौपाने तेस्रो स्थानमा आएका थिए।

कार्यक्रम मार्फत उत्कृष्ट तरिकाले इभीचलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरूलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार तथा प्रशंसा पत्रप्रदान गरिएको थियो  

विद्युतीय गाडीको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावका बारेमा जनचेतना फैलाउने र विद्युतीय गाडीहरूप्रति ग्राहकवर्गको द्विविधा हटाइ यसबाट मिल्ने सुविधाका बारेमा विश्वस्त बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए।

प्रकाशित: ५ पुस २०७९ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App