स्याकार ट्रेडिङ कम्पनीले गत दशैं/तिहार स्किम ‘होण्डाको दशैंको शुभलाभ’ को विजेता घोषणा गरेको छ।
योजनाअन्तर्गत प्रत्येक प्रदेशबाट एक एक गरी ७ जनाले ७ लाख र बम्परमा लक्की ड्रमार्फत १५ लाख रूपैयाँ नगद प्राप्त गरेका छन्। योजनाअन्तर्गत प्रदेश १ बाट सत्य साई अटो सिटी लिमिटेडका दुर्गादेबी सापकोटा, प्रदेश २ बाट मिसिका इन्टरप्राइजेजका अमितकुमार शाह, प्रदेश ३ बाट एसटिसीका मनिशा बज्राचार्य, प्रदेश ४ बाट कुवर ब्रोदरका कृष्णकुमार आले, प्रदेश ५ बाट अमृत इन्टरनेसनलका बिष्णु पोखरेल, प्रदेश ६ बाट डाँफे अटोपार्टस र सप्लायर्सका सुनिता खत्री र प्रदेश ७ बाट उमा ट्रेर्डसले १/१ लाख रूपैयाँ उपहार प्राप्त गरेका छन्।
यसैगरी सिद्धिविनायक अटोका चन्द्रबहादुर थापाले बम्पर उपहार १५ लाख रूपैयाँ प्राप्त गरेका छन्। योजनाअन्तर्गत ग्राहकले स्क्रयाच कुपन मार्फत ७ लाख रूपैयाँसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरूका साथै इजी फाइनान्सको पनि सुविधा प्राप्त गरेका छन्।
प्रकाशित: २९ मंसिर २०७९ ०३:४३ बिहीबार