१६ चैत्र २०८० शुक्रबार
अर्थ

'कालो अर्थतन्त्र र भ्रष्टाचार संस्थागत'

काठमाडौं- पछिल्लो एक वर्षभन्दा बढी समयदेखि एकपछि अर्को चुनौतीले ङ्याकेर नेपाली अर्थतन्त्र कठिन अवस्थाबाट गुजि्ररहँदा सरकारी सहयोगमै कालो अर्थतन्त्र र भ्रष्टाचार संस्थागत भएको विज्ञहरुले दाबी गरेका छन्।

पत्रकार चन्द्रकिशोर झाका अनुसार नाकाबन्दीका बेला राज्यको सहयोगमा कालोबजारी मौलाएको छ।

नाकाबन्दीको गहिराइ बुझ्न नेपाल इकोनोमिक फोरम र सामाजिक सम्बादका लागि सहकार्यले संयुक्त रुपमा तराई मधेसका विभिन्न भागमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले राज्य काठमाडौं केन्द्रित रहेको बताए। तराईमा सामग्रीको अभाव रहेको बेला काठमाडौंलाई मात्र महŒव दिनु गलत थियो भन्दै उनले सामाजिक सम्बन्धहरु अर्थतन्त्रको लागि ठूलो पुँजी भएको बताए।

गलत सरकारी नीतिको कारण कालो अर्थतन्त्र र भ्रष्टाचार समाजमा स्विकार्य बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै सामाजिक अनुसन्धानकर्ता सुरेन्द्र लभले नाकाबन्दीको सामाजिक स्वीकार कसरी भयो भन्ने कुरामा जोड दिए।  उनले समाजमा व्याप्त भ्रष्टाचार र यसको सामाजिक स्वीकार्यताबारे व्याख्या गरे।

कार्यक्रममा मानवशास्त्री मल्लिका शाक्यले नाकाबन्दीको धेरै तरिकाबाट सीमा क्षेत्रहरुको विश्लेषण गर्नुपर्ने बताउँदै भ्रष्ट कुलिन वर्गले नेपालको अनौपचारिक अर्थतन्त्रलाई सम्हालेको बताइन्। उनका अनुसार नाकाबन्दीलाई सार्कको आँखाबाट पनि हेर्नुपर्छ।

छलफलको मुख्य निष्कर्ष सामाजिक परिवर्तनको आवश्यकतामा केन्द्रित रहेको कार्यक्रममा भ्रष्ट आचार रोक्न र अर्थतन्त्रलाई सवाल बनाउन व्यापार विविधीकरण गर्नुपर्नेमा पनि जोड दिएको छ।

यसै क्रममा सांसद तथा संसदीय विकास समितिका सभापति रबिन्द्र अधिकारीले व्यापार र पारवहनमा विविधता लिएर आउनुपर्नेमा जोड दिए। उनका अनुसार राज्य पूर्ण रुपमा त्यत्तिबेला स्वतन्त्र हुन्छ जब व्यापारमा विविधता आउँछ ।

गत वैशाखमा गएको भूकम्पले झण्डै ९ हजार मानिसको ज्यान लिएको थियो भने २२ हजारभन्दा धेरै घाइते भएका थिए। महाभूकम्पका कारण अनुमानित ७ खर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सान भयो। ७ लाख मानिस गरिबीको रेखामुनि धकेलिने अनुमान गरिएको छ। त्यसैगरी, भूकम्पको केही महिनापछि तराई मधेस क्षेत्रमा भएका संविधानसँग सम्बन्धित आन्दोलनका कारण नाकाबन्दीको अवस्था सिर्जना भयो, जसले नेपालको अर्थतन्त्र र समग्रमा सिंगो समाज र अर्थतन्त्रमा ठूलो धक्का दियो।

व्यापार नाकाबन्दी जारी रहेसँगै भूपरिवेष्ठित देश नेपालमा अत्यावश्यक आपूर्तिहरु लगभग ठप्पै भए। नाकाबन्दीकोे नतिजास्वरुप निम्तिएको इन्धन संकटले अर्थतन्त्रका सबै क्षेत्रहरुमा नराम्रो प्रभाव पार्‍यो। एकातर्फ औषधी, इन्धन जस्ता वस्तु देशभित्र प्रवेश गर्न दिइएन भने अर्कोतर्फ इन्धनको भयावह संकटले अर्थतन्त्रको उत्पादन, वितरण तथा उपभोग प्रक्रियालाई नकारात्मक असर पुर्‍यायो।

नाकाबन्दीको तात्कालीन प्रभाव स्पष्ट थियो। तर यसले पार्ने दीर्घकालीन प्रभाव धेरै नै जटिल र प्रतिकूल हुन सक्छ भन्दै कार्यक्रमका सहभागीले अर्थतन्त्रका महŒवपूर्ण क्षेत्रहरुमा पारेको प्रभावको गहिराइ र फैलावट बुझ्नुपर्ने औंल्याए।

 

प्रकाशित: ७ असार २०७३ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App